काठमाडौँ, २४ असोज (रासस) – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गर्नुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । यद्यपि, समितिमा रहेका नाम भने सार्वजनिक गरिएको छैन ।
यही असोज २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको थियो ।
केन्द्रीय समिति बैठकले यही आश्विन २७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसक्ने निर्णय समेत गरेको थियो ।
पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्न सक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्न सक्ने प्रावधान छ ।
समितिलाई पार्टीका तर्फबाट संसदको निर्वाचनमा उम्मेदवार चयन गर्ने र केन्द्रीय समितिमा पेश गर्ने अधिकार तोकिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा