
काठमाडौँ, २४ असोज (रासस) – गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन ।
घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो । सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ, नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा एक व्यक्तिले चलाएको गोलीबाट घाइते हुनुभएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अनुसन्धान जारी रहेको र घटनाको नजिक प्रहरी पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “शंकास्पद स्थान र व्यक्तिमाथि निगरानी गरीरहेका छौँ, केही दिनमै घटनामा संलग्न पक्राउ पर्छन् ।”
घटनालगत्तै सोमबार दिउँसो हतियारसहित काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई गोँगबु क्षेत्रबाट प्रहरीले अपराह्न पक्राउ गरेको थियो । तर उनीहरुको गौचन हत्यामा संलग्नताबारे निकटता नखुलेको प्रमुख आयुक्त चन्दले जानकारी दिनुभयो । उहाँले अनुसन्धानका क्रममा दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको जानकारी दिनुभयो ।
प्रहरीले घटनाको सम्बन्धमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घले घटनाका दोषीलाई कारबाही नगरेसम्म अध्यक्ष शरदकुमार गौचनको शव नबुझ्ने भएको छ ।
महासङ्घका महासचिव रामशरण देउजाले घटनाका दोषीलाई पत्ता नलगाएसम्म अध्यक्ष गौचनको शव नबुझ्ने बताउनुभएको हो ।
सोमबार दिउँसो नयाँबानेश्वरमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका अध्यक्ष गौचनको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल राखिएको छ ।
महासङ्घले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख केदारनाथ शर्मालाई भेटेर गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।
भेटमा प्रमुख जिल्ला अधिकारी शर्माले तीन दिनभित्र दोषीबारे पत्ता लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको शर्माको भनाइ उद्धृत गर्दै महासचिव देउजाले बताउनुभयो । ‘सुरक्षा समितिको बैठक बसिरहेको र अनुसन्धान टोली गठन भइसकेकाले चाँडो घटनाको दोषीलाई पत्ता लगाउने प्रमुख शर्माले भन्नुभएको छ’, महासचिव देउजाले भन्नुभयो ।
शर्माले व्यवसायीलाई आवश्यक पर्ने सुरक्षासमेत दिने बताउनुभएको महासचिव देउजाले जानकारी दिनुभयो । भेटमा महासङ्घका पदाधिकारी तथा पूर्वअध्यक्षको सहभागिता रहेको थियो । महासङ्घले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग भेट गरिसकेको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने