काठमाडौँ, १९ असोज (रासस) – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार समझदारी भएको थियो । सोहीअनुरूप क्षेत्र निर्धारण र घोषणापत्र तयार गर्न बुधबार दुई वटा कार्यदल गठन गरिएको थियो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको क्षेत्र निर्धारण र संयुक्त घोषणापत्र तयार गर्न गठित दुई वटै कार्यदलको प्रथम संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सात दिनभित्रमा घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिनुभएको हो ।
संविधान, लोकतन्त्र, सामाजिक न्यायलगायतका अन्य विषयलाई समेत सम्बोधन गरेर घोषणापत्र तयार गर्न शीर्ष नेताहरूले निर्देशन गर्नुभएको नेता गंगा श्रेष्ठले जानकारी दिनुभयो ।
समितिमा एमालेको तर्फबाट नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका तर्फबाट नेता गंगा श्रेष्ठ रहनुभएको छ ।
सहमतिअनुसार समितिलाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका डम्बर खतिवडा र डा लक्ष्मी देवकोटा हुनुहुन्छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा