ललितपुर, १८ असोज (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताउनुभएको छ ।
एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा आज यहाँ आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन, कानुनी राज्य तथा शान्ति स्थापनाका लागि एमाले पार्टीले अग्रसरता लिएको बताउनुभयो ।
देशलाई आर्थिक समृद्धिको दिशामा लैजान एमालेले सरकारको नेतृत्व गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा एमाले पार्टीे पहिलो स्थानमा आउने उहाँको दाबी थियो । उक्त निर्वाचनपछि एमालेको नेतृत्वमा दुई तिहाइभन्दा बढी मतको आधारमा सरकार बन्ने उहाँले बताउनुभयो ।
उक्त चुनावमा मधेशी दललगायत नयाँ शक्ति पार्टी नेपालले एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर नै निर्वाचनमा जाने तय भएको उहाँले बताउनुभयो । सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा नेकपा (माओवादी केन्द्र) भने टुङ्गोमा पुग्न बाँकी रहेको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
एमालेको नेतृत्वमा निर्माण हुने सरकारले दैलेखको पेट्रोल खानी र नवलपरासीको फलाम खानी सञ्चालन गर्ने र देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर युवा वर्गको विदेश पलायन रोक्ने अध्यक्ष ओलीले बताउनुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का केन्द्रीय सदस्य बाबुकाजी प्रधान, आमन्त्रित केन्द्रीय सदस्यद्वय सुदर्शन बानियाँ र शान्ति सिजापतिलाई टीका लगाएर स्वागत गर्नुभएको थियो । केन्द्रीय सदस्य प्रधानको नेतृत्वमा विभिन्न पार्टीबाट ५० जना एमालेमा प्रवेश गर्नुभएको जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ