काठमाडौँ, १८ असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानून व्यवसायीसँग आवश्यक परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन र एकताको पहल गरेपछि सरकारको अवस्थाका बारेमा कानून व्यवसायीसँग आज परामर्श लिनुभएको हो ।
बैठकमा प्रधानमन्त्री देउवाले सरकारमाथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाका बारेमा जिज्ञासा राख्नुभएको वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राससलाई जानकारी दिनुभयो ।
वरिष्ठ कानून व्यवसायीले वर्तमान अवस्थामा निर्वाचनसम्म सरकारमाथि अविस्वासको प्रस्ताव आउँदा नआउँदा कुनै फरक नपर्ने संवैधानिक र कानूनी व्यवस्थाका बारेमा अवगत गराउनुभएको थियो ।
नेपाली काँग्रेस नेतृत्वको सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग चुनावी गठबन्धन र पार्टी एकताको पहल थालेपछि प्रधानमन्त्री देउवाले सो छलफल गर्नुभएको हो ।
बैठकमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सूर्य ढुंगेल, प्रेमबहादुर खड्का लगायत एक दर्जन वरिष्ठ कानून व्यवसायी सहभागी हुनुहुन्थ्यो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’