
बालुवाटारमा बुधबार बसेको नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १८ असोज (रासस) – नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहद् लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ ।
काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ ।
लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उहाँले बताउनुभयो ।
मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]