लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ मा बेलायतका एनआरएन अगुवाहरुले पनि लगानी गरेका छन् ।
एनआरएनए यूके वर्तमान अध्यक्ष योगकुमार फगामी एवं पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, मेजर रिटायर्ड डमर घले र कुल आचार्यले सगुनमा लगानी गर्दै नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा अरुलाई पनि लगानी गर्न आव्हान गरेका छन् ।
अमेरिका निवासी आर्किटेक्ट गोविन्द गिरी सगुनका सिइओ तथा संस्थापक हुन् ।
बेलायतवासी एक जना लगानीकर्ता तथा सगुनका सल्लाहकार सूर्य गुरुङले केही जागरुक नेपालीले नेपालको समृद्धि र नेपाली पहिचानका लागि शुरु गरेको व्यवसायमा लगानी गर्नु आफ्नो दायित्व भएको बताए । ‘यो नेटवर्किङ नभइ शेयर बेस्ड व्यवसाय भएकाले मैले यसको भविष्य उज्ववल देखेको छु’, गुरुङले भने, ‘बेलायतवासी अन्य नेपालीलाई पनि लगानी गर्न मेरो सुझाव छ ।’
सगुनले गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत बेलायतबाटै दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको थियो । बेलायतमा लगानीको अवसर अब केही समयका लागि मात्र खुल्ला गर्ने तयारी छ ।
सगुनमा लगानी गर्न न्यूनतम एकहजार डलर चाहिन्छ । पहिलो पटक क्रेडिट वा डेबिट कार्डबाट पनि लगानी गर्न सकिने व्यवस्था मिलाइएको छ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
सगुनले भारतीय टिम संगको संयोजनमा छिट्टै एन्ड्रोयड मोवाइल एप ल्याउने तय गरि सकेको छ ।
केही साता अघि सगुनका सिइओ तथा संस्थापक गिरी भारत गएर त्यहांका वरिष्ठ सरकारी अधिकारीहरु तथा निजी व्यवसायीसंग छलफल गरि सगुन प्रवर्धनमा समर्थन जुटाएका थिए ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न