एनआरएनए यूकेका वर्तमान र पूर्व अध्यक्षहरुको सगुनमा लगानी

तस्बिर – मिलन तमु

लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ मा बेलायतका एनआरएन अगुवाहरुले पनि लगानी गरेका छन् ।

एनआरएनए यूके वर्तमान अध्यक्ष योगकुमार फगामी एवं पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, मेजर रिटायर्ड डमर घले र कुल आचार्यले सगुनमा लगानी गर्दै नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा अरुलाई पनि लगानी गर्न आव्हान गरेका छन् ।

अमेरिका निवासी आर्किटेक्ट गोविन्द गिरी सगुनका सिइओ तथा संस्थापक हुन् ।

बेलायतवासी एक जना लगानीकर्ता तथा सगुनका सल्लाहकार सूर्य गुरुङले केही जागरुक नेपालीले नेपालको समृद्धि र नेपाली पहिचानका लागि शुरु गरेको व्यवसायमा लगानी गर्नु आफ्नो दायित्व भएको बताए । ‘यो नेटवर्किङ नभइ शेयर बेस्ड व्यवसाय भएकाले मैले यसको भविष्य उज्ववल देखेको छु’, गुरुङले भने, ‘बेलायतवासी अन्य नेपालीलाई पनि लगानी गर्न मेरो सुझाव छ ।’

सगुनले गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत बेलायतबाटै दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको थियो । बेलायतमा लगानीको अवसर अब केही समयका लागि मात्र खुल्ला गर्ने तयारी छ ।

सगुनमा लगानी गर्न न्यूनतम एकहजार डलर चाहिन्छ । पहिलो पटक क्रेडिट वा डेबिट कार्डबाट पनि लगानी गर्न सकिने व्यवस्था मिलाइएको छ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।

सगुनले भारतीय टिम संगको संयोजनमा छिट्टै एन्ड्रोयड मोवाइल एप ल्याउने तय गरि सकेको छ ।
केही साता अघि सगुनका सिइओ तथा संस्थापक गिरी भारत गएर त्यहांका वरिष्ठ सरकारी अधिकारीहरु तथा निजी व्यवसायीसंग छलफल गरि सगुन प्रवर्धनमा समर्थन जुटाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री