काठमाडौँ, १६ असोज (रासस) – नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहका बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ ।
‘स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्’, आज जारी विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ ।’
विज्ञप्तिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी (नवलपरासी), विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गर्नुभएको छ ।
दुवै पक्ष संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकतानुसार संविधान परिमार्जन र विकास गर्दै जान, तराई–मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न तथा सम्पूर्ण नेपालीको सुखी र समृद्धि जीवनका लागि सहकार्य गर्न सहमत भएका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार