लन्डन । बेलायतमा स्थापित नेपाली भाषा, साहित्य तथा संस्कृति सम्बन्धि संस्था मध्ये अग्रणी संस्था हो नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत । सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाले स्थापनाको दशौं वर्ष पुरा गरेको छ ।
यसै अवसरमा हालै बेलायतमा उक्त संस्थाले एक कार्यक्रम आयोजना गरी आफ्नो दशौं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । साथै यही मेसोमा संस्थाले आफ्ना दश वर्षका गतिविधि समेटेर ‘एक दशक’ नामक स्मारिका प्रकाशन गरेको छ ।
संस्थाका उपाध्यक्ष एवं प्रकाशन विभाग प्रमुख गणेश राई ‘एक दशक’ को प्रधान सम्पादक रहेका छन् भने महासचिव मिजास तेम्बे सम्पादक र कोषाध्यक्ष देवेन्द्र खेरेस तथा सचिव नरेश नाति सह सम्पादक छन् । संस्थाका मानार्थ सदस्य एवं नेपाल संयोजक शशी लुमुम्बू अतिथि सम्पादक रहेको ‘एक दशक’मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्रीको सारगर्वित शुभकामना सन्देश समावेश छ ।
संस्थाको संक्षिप्त परिचय, संस्थाले गरेका महत्वपूर्ण कार्यहरूको फेहरिस्त, वर्षेनी प्रदान गरिने प्रतिभा सम्मान तथा पुरस्कार प्राप्त स्रष्टाहरुको परिचय, वार्षिकोत्सवका अवसरमा आयोजना गरिँदै आएको एकल सृजना प्रस्तुति ‘अभिव्यक्ति श्रृंखला’ को विवरणसहित ऐतिहासिक महत्वका लेखरचनाहरू स्मारिकामा समेटिएका छन् । जसमध्ये टंक वनेमको ‘नेपाली साहित्यमा लाहुरेको तस्बिर र लाहुरे स्रष्टाहरू’, दीपा लिम्बू राईको ‘पल्टनघरमा नारी स्रष्टाहरू’, रक्ष राई र मिजास तेम्बेको ‘नवचेतानग्रह’, ‘डायस्पोरा सिद्धान्त र सृजना’, राई, काङमाङ नरेश र अप्जसे कान्छाको ‘युद्धसाहित्य सिद्धान्त’, चोक गुरुङको ‘बेलायतमा नेपाली संगीतको विकास’ र बैरागी काइँलाको ‘वेल्स भ्रमणको दैनिकी – ब्रेकनदेखि स्वान्सीसम्म’ स्मारिकाभित्रका विशेष सामग्रीहरु हुन् ।
यसैगरी श्रवण मुकारुङ, शशी लुमुम्बू, डा. रुपक श्रेष्ठ, देवेन्द्र खेरेस, निर्मला परिवेश राई, लालसुन्दर राई, चन्द्रकला थेबे, अन्जु अन्जली र शशी थापा सुब्बाका काव्यसृजना, उपेन्द्र सुब्बा र नरेश नातिका कथा र चन्द्र रानाहोँछा लगायतका लेखहरु स्मारिकाका थप परिकार हुन् ।
बेलायती नेपाली खासगरी पल्टने साहित्य, कला र संस्कृतिका बारेमा जान्न चाहनेहरुका लागि ‘एक दशक’ स्मारिका निकै भरपर्दो सहयोगी हुने संस्थाका अध्यक्ष दयाकृष्ण राईको विश्वास छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]