लन्डन । पांचथर समाज सेवा यूकेको पाचौं अधिवेशन अक्टोबर १ तारिख आइतबार सम्पन्न भएको छ । अधिवेशनले चन्द्र सुन्दासको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयां कार्यसमितिमा नगेन्द्रराज नेम्वाङ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा यदुचन्द्र लावती, शान्ति सेलिङ, हाङपाल लिम्बु, राजेन्द्र राई, महासचिवमा खुशी लिम्बु, सचिवमा प्रेम धलाब सुहाङ र चन्द्र बेघा, कोषाध्यक्षमा कैलाश काम्बाङ र सहकोषाध्यक्षमा मित्र राई र टेक सुहाङ चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा विष्णु सेरेङ, चन्द्र बहादुर लावती, कुल प्रसाद मोहरा, सुरेश थाम्सुहाङ, प्रेम सुहाङ (सिनियर), महेश्वरी नेम्बाङ, टेक बहादुर माबो र हरी लावती चयन भए ।
दिल सम्बाहाम्फे अध्यक्ष रहेको निर्वाचन समितिले नयां कार्यसमिति घोषणा गरेको हो । अध्यक्षका दाबेदार धन काम्बाङलाई अधिवेशनले वरिष्ठ सल्लाहकार मनोनित गरेको छ ।
पांचथर कप फुटबल प्रतियोगिता आयोजनाको संयोजकमा टेक माबोलाई पुनः नियुक्त गरिएको छ । समाजको सांस्कृतिक संयोजकमा महेश्वरी नेम्बाङ पनि पुनः नियुक्त भए ।
नवनिर्वाचित अध्यक्ष सुन्दासले सर्वसम्मत कार्यसमिति चयन गरेकामा निर्वाचन समिति र निवर्तमान कार्यसमितिलाई धन्यवाद दिए ।
अल्डरसटको भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको अधिवेशनको प्रथम सत्रको सभापतित्व समाजका अध्यक्ष नरवीर आङबो र सञ्चालन महासचिव नगेन्द्र राज नेम्बाङले गरेका थिए । कार्यक्रमको शुरुमा उपस्थित सबैलाई समाजका वरिष्ठ उपाध्यक्ष नर थाम्सुहाङले स्वागत गरे ।
बेलायतमा बसोवास गरिरहेका झण्डै दुई सय ५५ पांचथरे घरपरिवारको साझा संस्था पांचथर समाज सेवा यूकेले बेलायतमा हरेक वर्ष पांचथर कप फुटबल प्रतियोगिता गर्दै आएको छ । सोही सन्दर्भमा गत अप्रिल २९ मा सम्पन्न छैठौं पांचथर कप प्रतियोगिताको आय-ब्यय र गत जुन १७ मा सम्पन्न दशौं वार्षिक भेटघाट कार्यक्रमको समिक्षा सहितको आर्थिक विवरण समाजका कोषाध्यक्ष धन काम्बाङ र सह-कोषाध्यक्ष कैलाश काम्बाङले प्रस्तुत गरे । आर्थिक प्रतिवेदनमाथि समाजका सल्लाहकारहरु दिल सम्बाहाम्फे र नर थाम्सुहाङले उठाएका जिज्ञासाको जवाफ कोषाध्यक्षहरुले दिएका थिए ।
प्रथम सत्रको मध्यतिर महासचिव नगेन्द्रराज नेम्बाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उपस्थित समाजका वरिष्ठहरुले शुभकामना मन्तब्य ब्यक्त गरेपछि अध्यक्ष नरवीर आङबोले कार्यसमिति औपचारिक रुपमा बिघटन गरेका थिए । समापनका क्रममा अध्यक्ष आङबोले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्ण पांचथरेलाई धन्यवाद दिए ।
कार्यक्रमको अन्तपछि नेपालबाट आमन्त्रित वरिष्ठ कलाकार मनु नेम्बाङले आफ्ना सुमधुर गीत गाएर सबैलाई मनोरञ्जन दिएकी थिइन् ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न