पांचथर समाज सेवा यूकेमा नयां नेतृत्व

लन्डन । पांचथर समाज सेवा यूकेको पाचौं अधिवेशन अक्टोबर १ तारिख आइतबार सम्पन्न भएको छ । अधिवेशनले चन्द्र सुन्दासको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयां कार्यसमितिमा नगेन्द्रराज नेम्वाङ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा यदुचन्द्र लावती, शान्ति सेलिङ, हाङपाल लिम्बु, राजेन्द्र राई, महासचिवमा खुशी लिम्बु, सचिवमा प्रेम धलाब सुहाङ र चन्द्र बेघा, कोषाध्यक्षमा कैलाश काम्बाङ र सहकोषाध्यक्षमा मित्र राई र टेक सुहाङ चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा विष्णु सेरेङ, चन्द्र बहादुर लावती, कुल प्रसाद मोहरा, सुरेश थाम्सुहाङ, प्रेम सुहाङ (सिनियर), महेश्वरी नेम्बाङ, टेक बहादुर माबो र हरी लावती चयन भए ।

दिल सम्बाहाम्फे अध्यक्ष रहेको निर्वाचन समितिले नयां कार्यसमिति घोषणा गरेको हो । अध्यक्षका दाबेदार धन काम्बाङलाई अधिवेशनले वरिष्ठ सल्लाहकार मनोनित गरेको छ ।

पांचथर कप फुटबल प्रतियोगिता आयोजनाको संयोजकमा टेक माबोलाई पुनः नियुक्त गरिएको छ । समाजको सांस्कृतिक संयोजकमा महेश्वरी नेम्बाङ पनि पुनः नियुक्त भए ।

नवनिर्वाचित अध्यक्ष सुन्दासले सर्वसम्मत कार्यसमिति चयन गरेकामा निर्वाचन समिति र निवर्तमान कार्यसमितिलाई धन्यवाद दिए ।

अल्डरसटको भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको अधिवेशनको प्रथम सत्रको सभापतित्व समाजका अध्यक्ष नरवीर आङबो र सञ्चालन महासचिव नगेन्द्र राज नेम्बाङले गरेका थिए । कार्यक्रमको शुरुमा उपस्थित सबैलाई समाजका वरिष्ठ उपाध्यक्ष नर थाम्सुहाङले स्वागत गरे ।

बेलायतमा बसोवास गरिरहेका झण्डै दुई सय ५५ पांचथरे घरपरिवारको साझा संस्था पांचथर समाज सेवा यूकेले बेलायतमा हरेक वर्ष पांचथर कप फुटबल प्रतियोगिता 
गर्दै आएको छ । सोही सन्दर्भमा गत अप्रिल २९ मा सम्पन्न छैठौं पांचथर कप प्रतियोगिताको आय-ब्यय र गत जुन १७ मा सम्पन्न दशौं वार्षिक भेटघाट कार्यक्रमको समिक्षा सहितको आर्थिक विवरण समाजका कोषाध्यक्ष धन काम्बाङ र सह-कोषाध्यक्ष कैलाश काम्बाङले प्रस्तुत गरे । आर्थिक प्रतिवेदनमाथि समाजका सल्लाहकारहरु दिल सम्बाहाम्फे र नर थाम्सुहाङले उठाएका जिज्ञासाको जवाफ कोषाध्यक्षहरुले दिएका थिए ।

प्रथम सत्रको मध्यतिर महासचिव नगेन्द्रराज नेम्बाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उपस्थित समाजका 
वरिष्ठहरुले शुभकामना मन्तब्य ब्यक्त गरेपछि अध्यक्ष नरवीर आङबोले कार्यसमिति औपचारिक रुपमा बिघटन गरेका थिए । समापनका क्रममा अध्यक्ष आङबोले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्ण पांचथरेलाई धन्यवाद दिए ।

कार्यक्रमको अन्तपछि नेपालबाट आमन्त्रित वरिष्ठ कलाकार मनु नेम्बाङले आफ्ना सुमधुर गीत गाएर सबैलाई मनोरञ्जन दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री