काठमाडौँ, १५ साउन (रासस) – दोलखाकी धनकुमारी तामाङका दुइभाई छोरा छन् । एउटा छोरा विदेश अर्को छोरा दोलखामै ।
उमेरले ७० काटेकी तामाङ भने बाँच्नका लागि सडकमा मागेर हिड्नु परेको छ । ‘श्रीमान् वितेपछि सम्पतिका लागि दुई भाई छोरा आपसमा झगडा गरी, दुई भाइले नै मलाई दोष देखाए, घरबाट निकाले अहिले यतै सुन्धारा नजिकै मागेर आफ्नो गुजारा चलाएकी छु’, तामाङले भन्नुभयो ।
सडकमा मागेर आफ्नो जीवन निर्वाह गर्नुभएकी तामाङ मात्रै होइन सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति वृद्धाश्रम)मा बस्दै आउनुभएका १९० जना वृद्धवृद्धाको पनि उस्तै कथा छ ।
वृद्धाश्रममा बस्दै आउनुभएका वृद्धवृद्धामध्ये अधिकांश सन्तान भएर पनि वृद्धाश्रममा बस्न बाँध्य भएका, छोरा–बुहारीले वृद्धाश्रममा ल्याएर राखेका, छोरा–बुहारी अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका मुलुकमा डाक्टर, इन्जिनियर भएर बसेका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबुबालगायत हुनुहुन्छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार देशै भरी करिब ८८ वटा वृद्धाश्रम सञ्चालनमा छन् । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा करिब २२ लाख रहेको छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकले पाउँदै आएको दुई हजार रूपियाँ उहाँहरु जस्तै वृद्धाहरुलाई हेरेर पनि सरकारले वृद्धाभत्ता वृद्धि गरी पाँच हजार पुरयाउनुपर्ने माग गर्नुभयो ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पालामा २०५१ सालमा एक सय रूपैयाँबाट सुरू गरिएको वृद्धभत्ता अहिले दुई हजार रूपैयाँ पुगेको छ । अध्यक्ष पराजुलीले कानूनअनुसार ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउनुपर्नेमा समेत जोड दिनुभयो । अहिले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र भत्ता वितरण गरिँदै आएको छ ।
सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै अग्रज समाजको नेतृत्वमा विगत पाँच वर्षदेखि नयाँ वानेश्वरस्थित संविधानसभा भवन नजिकै ज्येष्ठ नागरिकले धर्ना दिँदै आएका छन् । धर्नामा दैनिक करिव २०० जना ज्येष्ठ नागरिकको उपस्थिति रहेको हुन्छ ।
सरकारले वितरण गरेको वृद्धाभत्ता सबै ज्येष्ठ नागरिकले समान रूपमा पाउनुपर्ने राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको भनाइ छ । नेपालको संविधानमा ज्येष्ठ नागरिकको हक सम्बन्धमा ‘ज्येष्ठ नागरिकलाई कानूनबमोजिम राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’, भनी उल्लेख गरिएको छ ।
भएको सम्पत्ति आफ्नो नाममा गराउने र बुढा भएका बाबुआमालाई वृद्धाश्रममा लगेर राख्ने संस्कारको अन्त्यका लागि पनि बुबाआमा जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बुबाआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ ।
संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ । यस वर्ष ‘भविष्यतर्फ पाइलाःज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ सत्ताइसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरूले समेत शुभकामना दिनुभएको छ ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो