लन्डन । विश्वप्रसिद्ध अक्सफोर्ड तथा क्याम्ब्रीज विश्वविद्यालयमा अध्ययनबारे जानकारी गराउने उद्देश्यले यही अक्टोबर १५ तारिखमा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेले एउटा कार्यक्रम आयोजना गर्न लागेको छ।
‘हाम्रा धेरै बालबालिका अब विश्वविद्यालय जाने उमेरका हुँदैछन् । प्रतिष्ठित विश्वविद्यालयहरुमा भर्ना पाउनुसंग हाम्रा छोराछोरी मात्रै हैन, बुवाआमाको पनि सपना गाँसिएको हुन्छ । तर नेपाली समुदायका निकै कम किशोर, किशोरीले मात्रै अक्सफोर्ड, क्याम्ब्रीज जस्ता विश्वविद्यालयहरुमा भर्ना पाएका छन्’, सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेका अध्यक्ष डा तेजेन्द्र फेरालीले भन्नुभयो- ‘त्यसैले अक्सफोर्ड तथा क्याम्ब्रीज विश्वविद्यालयबाट भर्खरै अध्ययन पुरा गरेका ग्रयाजुएट्सहरुलाई बोलाएर हामीले अन्तरकृया आयोजना गर्न लागेका हौं।’
अन्तरकृया कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयबाट भर्खरै अध्ययन पुरा गरेका स्नातकहरु फ्रान्सेस्का आर्दिनी तथा टमस ह्युज र क्याम्ब्रीज विश्वविद्यालयका फ्रेया पेरी तथा स्यामुएल ह्युजले आफ्नो अनुभवबारे बताउनुका साथै भर्ना प्रकृयाबारे जानकारी दिनेछन्। अभिभावकहरुले उहाँहरुसंग प्रश्न सोध्न पनि पाउनुहुनेछ।
अन्तरकृया हुने स्थान-
St Michael’s Community Centre
Wrotham Road
Welling DA16 1LS
समय: अपरान्ह ४ बजेदेखि ६ बजेसम्म
अन्तरकृया कार्यक्रममा भाग लिन इच्छुक अभिभावकहरुले यो लिङ्कमा गएर आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ। https://www.eventbrite.co.uk/e/interaction-with-oxford-and-cambridge-university-graduates-tickets-38250856341
कार्यक्रमपछि रात्रीभोजको व्यवस्था रहेको र त्यसवापत जनही ६ पाउण्ड शुल्क लाग्ने पनि सोसाइटीले जनाएको छ ।
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]