लन्डन । विश्वप्रसिद्ध अक्सफोर्ड तथा क्याम्ब्रीज विश्वविद्यालयमा अध्ययनबारे जानकारी गराउने उद्देश्यले यही अक्टोबर १५ तारिखमा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेले एउटा कार्यक्रम आयोजना गर्न लागेको छ।
‘हाम्रा धेरै बालबालिका अब विश्वविद्यालय जाने उमेरका हुँदैछन् । प्रतिष्ठित विश्वविद्यालयहरुमा भर्ना पाउनुसंग हाम्रा छोराछोरी मात्रै हैन, बुवाआमाको पनि सपना गाँसिएको हुन्छ । तर नेपाली समुदायका निकै कम किशोर, किशोरीले मात्रै अक्सफोर्ड, क्याम्ब्रीज जस्ता विश्वविद्यालयहरुमा भर्ना पाएका छन्’, सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युकेका अध्यक्ष डा तेजेन्द्र फेरालीले भन्नुभयो- ‘त्यसैले अक्सफोर्ड तथा क्याम्ब्रीज विश्वविद्यालयबाट भर्खरै अध्ययन पुरा गरेका ग्रयाजुएट्सहरुलाई बोलाएर हामीले अन्तरकृया आयोजना गर्न लागेका हौं।’
अन्तरकृया कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयबाट भर्खरै अध्ययन पुरा गरेका स्नातकहरु फ्रान्सेस्का आर्दिनी तथा टमस ह्युज र क्याम्ब्रीज विश्वविद्यालयका फ्रेया पेरी तथा स्यामुएल ह्युजले आफ्नो अनुभवबारे बताउनुका साथै भर्ना प्रकृयाबारे जानकारी दिनेछन्। अभिभावकहरुले उहाँहरुसंग प्रश्न सोध्न पनि पाउनुहुनेछ।
अन्तरकृया हुने स्थान-
St Michael’s Community Centre
Wrotham Road
Welling DA16 1LS
समय: अपरान्ह ४ बजेदेखि ६ बजेसम्म
अन्तरकृया कार्यक्रममा भाग लिन इच्छुक अभिभावकहरुले यो लिङ्कमा गएर आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ। https://www.eventbrite.co.uk/e/interaction-with-oxford-and-cambridge-university-graduates-tickets-38250856341
कार्यक्रमपछि रात्रीभोजको व्यवस्था रहेको र त्यसवापत जनही ६ पाउण्ड शुल्क लाग्ने पनि सोसाइटीले जनाएको छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ