
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आज ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, १४ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाईदिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आफन्तजनलाई टीका तथा जमरा लगाउनु हुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाइदिनुभयो । राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिनुभयो ।
राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।
काठमाडौँ, १४ असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उहाँले टीका ग्रहण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्नुहुनेछ । दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।
प्रधानमन्त्रीको हातबाट सर्वसाधारणलाई टीका लगाउन ४ बजेपछिको समय तय गरिएको जनाएको छ ।
काठमाडौँ, १४ असोज (रासस) – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गर्नुभएको छ ।
राजधानीको कलंकीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गर्नुभएको हो ।
त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइदिनुभयो ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने