लन्डन । बेलायतमा यस वर्षको दशैं टिका साइत बिहान ९.२५ बजे उत्तम मानिएको छ । प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका पण्डित निलहरि घिमिरेका अनुसार शनिबार दशमीका दिन बिहान ९.२५ बजे पूर्व फर्केर टिका थाप्न शुभ हुनेछ ।
उक्त पशुपतिनाथ मन्दिरमा बिहान ७ बजेदेखि टिका जमरा वितरण कार्यक्रम राखिएको छ । बिहान ७ देखि मध्यान्ह १२ बजेसम्म श्रद्धालु भक्तजनहरुले टिका जमरा लिन सक्ने पण्डित घिमिरेले जनाए । मन्दिरमा घटस्थापनाका दिन जमरा राखेर त्यसयता प्रत्येक दिन नवदुर्गा भवानीको पूजा, बिहान चण्डी पाठ, बेलुका ६ देखि ८ बजेसम्म भजन किर्तन भइरहेको घिमिरेले जानकारी दिए । आज नवमीको दिन सांझ ५ बजे ९ कन्या पूजा भव्य रुपमा गर्न लागिएको पनि घिमिरेले बताए । उक्त मन्दिरमा फूलपाती भित्रयाउने कार्य पनि भएको थियो ।
त्यसैगरि, साउथहलस्थित विश्व हिन्दू केन्द्रमा पनि टिकाको दिन बिहान ८ देखि ११.१५ सम्म टिका जमरा र प्रसाद वितरण गरिने भएको छ । वेष्ट लन्डन नेपाली मन्दिर समितिका कोषाध्यक्ष पण्डित होमनाथ पौडेलका अनुसार आज नवमीको दिन सांझ साढे ७ बजे ९ कन्याको पूजा गर्ने कार्यक्रम छ । वेष्ट लन्डन नेपाली मन्दिर समितिले फूलपातीको दिन वाडफोर्ड कृष्ण मन्दिरबाट भजन कीर्तनसहित फूलपाती भित्रयाएको थियो । केन्द्रमा प्रत्येक दिन चण्डी पाठ, भजन कीर्तन, आरती र पूजा भइरहेको छ । अष्टमीका दिन कालरात्रीको विशेष पूजा गरिएको थियो ।
उता अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले पनि दशमीको दिन टिका कार्यक्रम गर्ने भएको छ । पण्डित शेखर काफ्लेले टिका जमरा प्रदान गर्नेछन् । शनिबार बिहान टिका थाप्न आउने सबैलाई स्वागत गरिने सेन्टरका अध्यक्ष रोहित गुरुङले बताए । त्यहां पनि सांझ बिहान नवदुर्गा पूजा, आरती जारी छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’