
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैंको अवसरमा महाअष्टमीका दिन बिहीबार अपरान्ह भद्रकाली मन्दिरको दर्शन गर्नुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस ।
काठमाडाँ, १२ असोज (रासस) – बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गर्नुभयो । मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।
नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
त्यसअघि आज बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा पनि दर्शन र पूजा अर्चना गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता