टोकियो, जापान, ११ (रासस) – तीन सातापछि राजधानी काठमाडौँमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट छ जना आकांक्षी भएका छन् ।
विदेशमा नेपाली कामदारको सुरक्षा, सुशासन र पारदर्शिता भन्दै सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, अन्तर्राष्ट्रिय युवा संयोजक, एसिया प्यासिफिक संयोजक र उपसंयोजकका आकांक्षी देखिएका हुन् । नेपाल र नेपालीका लागि भन्दै एक दिन एक दान, अतिथिदेवोः भव, वैदेशिक रोजगारीमा बीमा, आपत्कालीन कोषको स्थापना, महिला फोरमलाई सक्रिय बनाउने लगायतका काममा सक्रिय भवन भट्टले संघको भवन निर्माण र लाप्राक नमुना बस्ती निर्माणलाई निरन्तरता दिन अध्यक्षमा दाबी गरेको बताउनुहुन्छ ।
त्यस्तै लामो समयदेखि जापानलाई कर्मथलो बनाएका चिरञ्जीवी थापा राष्ट्रिय समन्वय परिषद् सदस्य सल्लाहकार कोषाध्यक्ष हुँदै अहिले उपाध्यक्षका आकांक्षी हुनुहुन्छ । अघिल्ला सम्मेलनमा अध्यक्ष, कोषाध्यक्षको हारेको अनुभव भएकाले यो पटकको तयारी गतिलो हुने थापाको भनाइ छ ।
त्यस्तै दुई कार्यकाल कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय परिषद् युवा प्रतिनिधि हुदै एक कार्यकाल उपाध्यक्ष भएका सुदन थापा अन्तर्राष्ट्रिय समन्वय समिति युवा संयोजकका आकांक्षी हुनुहुन्छ । जापानमा नेपाल महोत्सव, महजात्रा, धन्यवाद जापान लगायतमा सक्रिय हुनुभएका थापाले वैदेशिक रोजगारीका क्रममा युवाका समस्या समाधानका लागि उम्मेदवारी दिएको बताउनुभयो । एक कार्यकाल एसिया प्यासिफिक संयोजक रहनुभएका किरणविक्रम थापा पनि अर्को एक कार्यकालमा संयोजकका आकांक्षी हुनुहुन्छ । एसिया क्षेत्रका श्रमिकका पक्षमा गर्न नसकेका कामलाई प्राथमिकताकासाथ सम्पन्न गर्ने उहाँको भनाइ छ ।
संयोजक पदकै लागि एक कार्यकाल सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, उपाध्यक्ष हुदै एसिया प्यासिफिक सहसंयोजक भइसक्नुभएका गोविन्दप्रसाद श्रेष्ठले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । एसिया प्यासिफिक उपसंयोजकका आकांक्षी पारसमणि पोखरेल पनि हुनुहुन्छ ।
असोज २८ देखि ३१ सम्म काठमाडौँमा हुने आठौँ सम्मेलनमा ७७ राष्ट्रका तीन हजारभन्दा बढीलाई चिनाउनसके फलिफाप नै होला । नत्र भने पर्यवेक्षक र प्रतिनिधि गरी २०० भन्दा बढी सहभागिता जनाउने अपेक्षा गरिएको सम्मेलन जापानका लागि अनर्थ हुनेछ । यो विषयमा अहिले जापान भर चर्चा हुने गरेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी