टोकियो, जापान, ११ (रासस) – तीन सातापछि राजधानी काठमाडौँमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट छ जना आकांक्षी भएका छन् ।
विदेशमा नेपाली कामदारको सुरक्षा, सुशासन र पारदर्शिता भन्दै सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, अन्तर्राष्ट्रिय युवा संयोजक, एसिया प्यासिफिक संयोजक र उपसंयोजकका आकांक्षी देखिएका हुन् । नेपाल र नेपालीका लागि भन्दै एक दिन एक दान, अतिथिदेवोः भव, वैदेशिक रोजगारीमा बीमा, आपत्कालीन कोषको स्थापना, महिला फोरमलाई सक्रिय बनाउने लगायतका काममा सक्रिय भवन भट्टले संघको भवन निर्माण र लाप्राक नमुना बस्ती निर्माणलाई निरन्तरता दिन अध्यक्षमा दाबी गरेको बताउनुहुन्छ ।
त्यस्तै लामो समयदेखि जापानलाई कर्मथलो बनाएका चिरञ्जीवी थापा राष्ट्रिय समन्वय परिषद् सदस्य सल्लाहकार कोषाध्यक्ष हुँदै अहिले उपाध्यक्षका आकांक्षी हुनुहुन्छ । अघिल्ला सम्मेलनमा अध्यक्ष, कोषाध्यक्षको हारेको अनुभव भएकाले यो पटकको तयारी गतिलो हुने थापाको भनाइ छ ।
त्यस्तै दुई कार्यकाल कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय परिषद् युवा प्रतिनिधि हुदै एक कार्यकाल उपाध्यक्ष भएका सुदन थापा अन्तर्राष्ट्रिय समन्वय समिति युवा संयोजकका आकांक्षी हुनुहुन्छ । जापानमा नेपाल महोत्सव, महजात्रा, धन्यवाद जापान लगायतमा सक्रिय हुनुभएका थापाले वैदेशिक रोजगारीका क्रममा युवाका समस्या समाधानका लागि उम्मेदवारी दिएको बताउनुभयो । एक कार्यकाल एसिया प्यासिफिक संयोजक रहनुभएका किरणविक्रम थापा पनि अर्को एक कार्यकालमा संयोजकका आकांक्षी हुनुहुन्छ । एसिया क्षेत्रका श्रमिकका पक्षमा गर्न नसकेका कामलाई प्राथमिकताकासाथ सम्पन्न गर्ने उहाँको भनाइ छ ।
संयोजक पदकै लागि एक कार्यकाल सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, उपाध्यक्ष हुदै एसिया प्यासिफिक सहसंयोजक भइसक्नुभएका गोविन्दप्रसाद श्रेष्ठले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । एसिया प्यासिफिक उपसंयोजकका आकांक्षी पारसमणि पोखरेल पनि हुनुहुन्छ ।
असोज २८ देखि ३१ सम्म काठमाडौँमा हुने आठौँ सम्मेलनमा ७७ राष्ट्रका तीन हजारभन्दा बढीलाई चिनाउनसके फलिफाप नै होला । नत्र भने पर्यवेक्षक र प्रतिनिधि गरी २०० भन्दा बढी सहभागिता जनाउने अपेक्षा गरिएको सम्मेलन जापानका लागि अनर्थ हुनेछ । यो विषयमा अहिले जापान भर चर्चा हुने गरेको छ ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम