काठमाडौँ, ११ असोज (रासस) – यही असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ‘जेइओसी’ बाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।
वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये ३० वटा वडाको मत परिणाम सार्वजनिक भएको र बाँकी दुई वडामध्ये वडा नं १७ को मतगणना सम्पन्न भई घोषणा हुने क्रममा रहेको तथा वडा नं १६ को अन्तिम मतपरिणाम आज बेलुकासम्म प्राप्त हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
सप्तरीको राजविराज नगरपालिकाका १६ वटा वडामध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको र बाँकी दुईवटा वडाको पनि आजै बेलुकासम्ममा सकिने जानकारी प्राप्त भएको छ ।
स्थानीय तहका प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसका ४०, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा माओवादी केन्द्र २१, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टीका एकजना उम्मेदवार विजयी हुनुभएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार