
गोरखा दरबारको दशैं घरबाट काठमाण्डौंको हनुमानढोका दरबारको दशैं घरमा पठाउन फूलपातीसहितको डोली बोक्दै गोरखा दरबारका सुसारेहरु । तस्वीर ः प्रशन्न पोखरेल, गोरखा, रासस
विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ९ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
फूलपातीको डोली बा१झ ६५४८ नंको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंङ भण्डारीले जानकारी दिनुभयो ।
गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुरयाएपछि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्यान्छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पुरयाएर भित्र्याउने चलन छ । गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली सुसारेहरुले बोकेर ल्याएका हुन् ।
गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । दरबारस्थित दशैँ घरबाट मालश्री धुनसहित सतिपिपलसम्म रयाली निकालिएको थियो ।
यस्तै गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट १०० भन्दा बढी मोटरसाइकल चालक युवाले फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरेको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिनुभयो ।
फूलपाती काठमाडौँ पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गोरखाको इतिहास, परम्परा विश्वकै उत्कृष्ट र प्रशंसा गर्न लायक भएकाले संस्कृतिको जगेर्नाका लागि नगरपालिका कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ