
वीरगन्ज महानगरपालिको वडा नं.१९को वडा अध्यक्ष पदमा निर्वाचित भएका फोरम लोकतान्त्रिका उम्मेदवार सन्तोष तिवारीलाई मंगलबार फूलमाला र अविरले स्वागत गर्दै सर्वसाधारण । तस्विर ः विजय कुमार महतो, रासस, पर्सा
काठमाडौँ, १० असोज (रासस) – यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये मंगलबार अपराह्न ४ बजेसम्म १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।
वीरगन्ज नगरपालिकाको तीनवटा वडाका मतपेटिका खोली मतगणना सुरु भइसकेको छ भने राजविराज नगरपालिकाको पाँचवटा वडाको मतगणना गर्न बाँकी रहेको छ । जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २५६ वडाको मतगणना कार्य सम्पन्न भएको छ र तीनवटै नगरपालिकाको गरी अब १५ वटा वडाहरुको मतगणना गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको छ – निर्वाचन आयोग
काठमाडौँ, १० असोज । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गर्नुभएको छ ।
विजयादशमी, दीपावली तथा छठ लगायतका महान् चाडपर्वको उपलक्ष्यमा निर्वाचन आयोगमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सञ्चालनमा आयोगको भूमिकाप्रति कसैले प्रश्न उठाउन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई समेत सफल तुल्याउने गरी जिम्मेवारी बहन गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त शर्माले सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित