लन्डन । रसमोर बरोको हवली एरियामा नेपाली र स्थानीय समुदायको पहलमा निर्मित हवली कम्युनिटी गार्डेनको २३ सेप्टेम्बेर २०१७ का दिन उद्घाटन गरिएको छ ।
स्थानीय मेयर स्टिभ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे र हवली कम्युनिटी गार्डेनका अध्यक्ष वेटी होल्टद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली तथा स्थानीय समुदायको उपस्थिति थियो । कार्यक्रममा रसमोर भोलेन्टियरी सर्भिसेजका डेभलप्मेन्ट अफिसर सु हाथावे, स्थानीय ९५ वर्षीय जेम्स, स्थानीय प्रहरी र आर्मीका प्रतिनिधि, विभिन्न च्यारिटी संस्थाका प्रतिनिधि, स्कुलका ससाना नानीहरु समेत सहभागी भए ।
करिब अढाई वर्षअघि दुवै कम्युनिटीलाई घुलमिल गराउने उद्देश्य लिई पुरै कंक्रिटले ढाकिएको र झार पलाएको एरियामा मिहिनेतका साथ उक्त गार्डेन तयार गरिएको हो । अहिले उक्त क्षेत्र हराभरा र उर्वर बनेको छ । त्यहां विभिन्न प्रकारका तरकारी जस्तै सिमी, गोलभेंडा, बन्दागोबी, काउली, आलु, फर्सी, रायो साग, मकै, हर्बल, खुर्सानी, फूल लगायत खेती गरिएको छ ।
रसमोर बरो काउन्सिल, बिग लट्री र व्यक्तिगत चन्दा संकलन र श्रमदानबाट उत्पादित वस्तु टेस्को र सेन्सबरीले खरिद गर्ने अध्यक्ष बेटीले बताइन् ।
उक्त कम्युनिटीमा नेपालीका तर्फबाट उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ र सदस्यमा मान बहादुर कामी रहेका छन् ।
कार्यक्रममा गार्डेन उद्घाटन अतिरिक्त नेपाली महिलाहरुको सामूहिक नाच, कथा वाचन, पेन्टिङ, धनुष प्रयोग, घरपालुवा जनावर र पशुपन्छी समेत देखाइएको थियो ।
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]