लन्डन । रसमोर बरोको हवली एरियामा नेपाली र स्थानीय समुदायको पहलमा निर्मित हवली कम्युनिटी गार्डेनको २३ सेप्टेम्बेर २०१७ का दिन उद्घाटन गरिएको छ ।
स्थानीय मेयर स्टिभ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे र हवली कम्युनिटी गार्डेनका अध्यक्ष वेटी होल्टद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली तथा स्थानीय समुदायको उपस्थिति थियो । कार्यक्रममा रसमोर भोलेन्टियरी सर्भिसेजका डेभलप्मेन्ट अफिसर सु हाथावे, स्थानीय ९५ वर्षीय जेम्स, स्थानीय प्रहरी र आर्मीका प्रतिनिधि, विभिन्न च्यारिटी संस्थाका प्रतिनिधि, स्कुलका ससाना नानीहरु समेत सहभागी भए ।
करिब अढाई वर्षअघि दुवै कम्युनिटीलाई घुलमिल गराउने उद्देश्य लिई पुरै कंक्रिटले ढाकिएको र झार पलाएको एरियामा मिहिनेतका साथ उक्त गार्डेन तयार गरिएको हो । अहिले उक्त क्षेत्र हराभरा र उर्वर बनेको छ । त्यहां विभिन्न प्रकारका तरकारी जस्तै सिमी, गोलभेंडा, बन्दागोबी, काउली, आलु, फर्सी, रायो साग, मकै, हर्बल, खुर्सानी, फूल लगायत खेती गरिएको छ ।
रसमोर बरो काउन्सिल, बिग लट्री र व्यक्तिगत चन्दा संकलन र श्रमदानबाट उत्पादित वस्तु टेस्को र सेन्सबरीले खरिद गर्ने अध्यक्ष बेटीले बताइन् ।
उक्त कम्युनिटीमा नेपालीका तर्फबाट उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ र सदस्यमा मान बहादुर कामी रहेका छन् ।
कार्यक्रममा गार्डेन उद्घाटन अतिरिक्त नेपाली महिलाहरुको सामूहिक नाच, कथा वाचन, पेन्टिङ, धनुष प्रयोग, घरपालुवा जनावर र पशुपन्छी समेत देखाइएको थियो ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक