कोहलपुर, बाँके, असोज ८ (रासस) – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने बताउनुभएको छ ।
आज कोहलपुरमा आयोजित माओवादी घटकबीचको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित गर्ने कार्यदिशाअनुसार माओवादी अगाडि बढिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा उहाँले शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटक विपरीत ध्रुवमा विभाजित भएपनि पछिल्लो समय केन्द्रीकृत हुने क्रम बढेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गइरहेको अवस्थामा सबै माओवादी घटक एकै ठाउँमा ध्रुवीकरण हुनुको विकल्प नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कालान्तरमा वैद्य, विप्लव र बाबुरामलगायत अन्य नेतृत्व पनि माओवादीकै आन्दोलनमा समाहित हुन आउँछन् । त्यो मलाई विश्वास छ ।”
हालै सम्पन्न २ नं प्रदेशको निर्वाचनमा माओवादीले सन्तोषजनक जित हासिल गरेको बताउँदै उहाँले देशैभरि माओवादीप्रति व्यापक जनलहर उर्लिंदै गएको उल्लेखसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो लहरको पछिल्लो उदाहरणका रुपमा २ नं प्रदेशको चुनावलाई हेर्न सकिन्छ । अबको प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादीले ०७४ सालकै नतिजा फर्काउनेमा ढुक्क रहनुहोस् ।”
कार्यक्रममा ३०० भन्दा बढी विभिन्न पार्टीका केन्द्रीय तथा जिल्लास्तरका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेशसमेत गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा