
जलेश्वर नगरपालिकाको प्रमुख र उप प्रमुखमा राजपा नेपालका रामशङ्कर मिश्र र मुनचुनदेवी महतो विजयी । तस्बिर ः धनवीर महतो, महोत्तरी, रासस
काठमाडौँ, ७ असोज (रासस) – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ११ बजे प्राप्त विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३२, नेकपा (एमाले) ११, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय जनता पार्टी नेपाल १५, संघीय समाजवादी फोरम नेपाल १९, नेपाल लोकतान्त्रिक फोरम तीन, नयाँ शक्ति पार्टी नेपाल एक र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी हुनुभएको छ ।
यसैगरी, अहिलेसम्म एक हजार नौ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ ।
मतगणना बाँकी रहेका ३६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने