
लन्डन । बेलायत सरकारले यहांका बैंकहरुलाई आप्रवासीको अध्यागमन स्टाटस जांच गर्न सक्ने अधिकार दिने भएको छ । आगामी जनवरीदेखि बैंक तथा बिल्डिङ सोसाइटीहरुले ७० मिलियन चालु बैंक खाता जांच गर्ने भएका छन् । प्रधानमन्त्री टेरेजा मेको गैर कानुनी आप्रवासीलाई कडाइ गर्ने नीतिकै एक हिस्सा स्वरुप बैंकहरुलाई यस्तो अधिकार दिइएको गार्डियन पत्रिकाले जनाएको छ ।
अध्यागमन ऐन २०१६ अन्तर्गत यस्तो कडाइ गर्न लागिएको हो । यसअघि यही ऐनमार्फत गैर कानुनी आप्रवासीलाई घर भाडामा राखे घरधनीलाई ठूलो जरिवाना तिराउने र सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि रद्द हुने क्रम शुरु भइसकेको छ ।
बेलायतको गृह मन्त्रालय (होम अफिस) ले जांचको पहिलो वर्षमा भिजा सकिए पनि लुकेर बसेका, शरणार्थीको निवेदन दिएर असफल भएका आप्रवासी र डिपोर्टेसनको सजाय खेपेका अन्तर्राष्ट्रिय अपराधीहरु गरि ६ हजार जनाको पहिचान गर्ने अपेक्षा लिएको छ । त्रैमासिक रुपमा बैंकहरुले यस्तो जांच गर्नेछन् ।
गैर कानुनी बसेको पाइए त्यस्ता आप्रवासीको बैंक खाता रोक्का गरिनेछ ।
बैंक खाता रोक्का गर्दा गैर कानुनी बसेका आप्रवासीलाई स्वदेश फिर्तीमा सहयोग पुग्ने अपेक्षा अधिकारीहरुले गरेका छन् ।
होम अफिसका प्रवक्ताले कानुनी बेलायत बसेकाको हितका लागि नयां अध्यागमन प्रणाली ल्याउन लागिएको जनाउंदै समाजका हरेकले गैर कानुनी आप्रवासी रोक्न भूमिका निर्वाह गर्न सक्ने बताए ।
गत वर्ष डिसेम्बर ०१६ मा संसदले यस ऐन पारित गरेको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]