लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष समारोहबीच संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ । नेपालको संविधान घोषणा भएको तेश्रो वार्षिक दिवसका अवसरमा कार्यक्रम भएको हो । संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।
उक्त समारोहलाई सम्वोधन गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालको संविधानले वहुदलीय संसदीय व्यवस्था, कानुनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकारलाई अंगीकार गरेको र सो संविधान कार्यान्वयनको चरणमा रहेको बताए ।
राजदूतले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा राजनीतिक स्थायित्व, आर्थिक विकास र सामाजिक रुपान्तरणसहित मुलुक शान्ति, समुन्नति र समृद्धिको महान गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे । राजदूत डा. सुवेदीले नेपाल र संयुक्त अधिराज्य (यूके) बीच दुई सय वर्षभदा बढि लामो ऐतिहासिक सम्बन्ध रहेको बताउंदै गत मार्च महिनामा दूतावासमा आयोजित द्विशतवार्षिकी विशेष समारोहमा संयुक्त अधिराज्यका राजकुमार हयारीले गोर्खालीहरुको इमान्दारिता र बहादुरीको उच्च प्रशंसा गरेको र बेलायती राजपरिवार र जनताको मुटुमा नेपाली रहेको सम्वोधन गरेको स्मरण गर्दै संयुक्त अधिराज्यले नेपालको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गरेको बताए । साथै उनले नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सम्बन्ध जनस्तरसम्म कायम रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा संयुक्त अधिराज्य सरकारका विदेश मन्त्रालयका निर्देशक महामहिम ओएन जेन्किन्सले नेपालको राष्ट्रिय तथा संविधान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त अधिराज्यबीच ऐतिहासिक र प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे । उनले नेपालको सामाजिक र आर्थिक विकास तथा नेपालमा आएका भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोपमा संयुक्त अधिराज्य सरकारले महत्वपूर्ण सहयोग गरेको एवं आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास दिलाए । साथै जेन्किन्सले नेपालमा लोकतान्त्रिक संविधान जारी भई हाल कार्यान्वयनको चरणमा रहेको र स्थानीय निकायको सफल निर्वाचन पश्चात प्रदेश र संसदको आगामी निर्वाचनले नेपालमा लोकतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपालको व्यवस्थापिका संसदका माननीय सदस्यहरु नारायण प्रकाश साउद, रामनारायण बिडारी, बहादुरसिंह थापा र निर्देशक महामहिम ओएन जेन्किन्सले सफलतापूर्वक सगरमाथा आरोहण गर्ने गोर्खा ब्रिगेडका ९ सैनिकहरुलाई विशेष सम्मान गर्दै दोसल्ला र टोपी उपहार प्रदान गरेका थिए ।
समारोहमा गोर्खा ब्रिगेडका सैनिकहरुबाट नेपाल र संयुक्त अधिराज्यको राष्ट्रिय गान तथा विभिन्न नेपाली राष्ट्रिय गीतहरु प्रस्तुत भएको थियो ।
कार्यक्रममा संयुक्त अधिराज्यका सांसदहरु, नेपालको व्यवस्थापिका संसदका सदस्यहरु, विभिन्न देशका राजदूत तथा कूटनैतिक प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) का महासचिव किटाक लिम र अन्तर्राष्ट्रिय कफी संगठन (आइसीओ) का कार्यकारी निर्देशक जोशे सेत्ते, संयुक्त अधिराज्यका विभिन्न शहरका मेयर काउन्सिलरहरु, बेलायती विदेश मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, नेपाल र नेपालीसंग सम्वद्ध बेलायती संघसंस्थाका विशिष्ट व्यक्तिहरु, गैर आवासीय नेपाली संघ बेलायत लगायत विभिन्न नेपाली संघसंस्थाका प्रनिनिधिहरुसहित करिब ४ सयको उपस्थिति थियो ।
उक्त कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरनले सञ्चालन गरेका थिए । कार्यक्रममा एभरेष्ट इनले खाना प्रवन्ध गरेको थियो । तस्विरहरु- मिलन तमु
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न