
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुधबार महानगरपालिकाको मतगणना गरिँदै । तस्विर ः बिजय कुमार महतो, पर्सा, रासस
काठमाडौँ, ४ असोज (रासस) – प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ ।
मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले जनाएको छ । आज अपराह्न ५ः०० बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म २४९ वडाको मत परिणाम प्राप्त भइसकेको छ ।
सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो ।
मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न विभिन्न मतगणनास्थलमा निर्वाचन अधिकृतले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ । पछिल्लो समय ३३२ टोली मतगणनाका लागि खटिएको आयोगले जनाएको छ ।
एकाध ठाउँमा मतगणना अवरुद्ध भएकामा मतगणना कार्य सञ्चालन गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको जानकारीसमेत आयोगलाई प्राप्त भएको छ ।
सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नं १५ मा राजपाका वडाध्यक्षका उम्मेदवारको निधन भई स्थगन भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग