
संयुक्त राष्ट्र संघको ७२ औँ महासभा अन्तर्गत उच्चस्तरिय बैठकमा भाग लिंदै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा । तस्वीर ः उपप्रधानमन्त्रीको नीजि सचिवालय- रासस
काठमाडौँ, ३ असोज (रासस) – नेपालले संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा प्रस्तुत गरिएको यौन शोषण तथा दुव्र्यवहार रोक्ने शर्तमा सहमति जनाएको छ ।
महासभाको उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटरेजले गर्नुभएको उक्त शर्तसम्बन्धी प्रस्तावमा उपप्रधान तथा पराराष्ट्रमन्त्री कृष्णबहादुर महराले समर्थन जनाउनुभएको हो ।
राष्ट्र संघअन्तर्गत विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ प्रहरी पठाउने मुलुकले उक्त शर्तमा स्वयंसेवी भएर सहयोग गर्नेछ । उक्त शर्तले संयुक्त राष्ट्रसंघको मान्यतामा रहेका सदस्य मुलुकले यौन शोषण तथा दुव्र्यवहार रोक्न सहयोग गर्नुपर्ने विषयलाई जोड दिएको छ ।
महासभाकै अवसरमा नेपालले उच्चस्तरीय कार्यक्रममा समेत सहभागिता जनाएको छ । सो अवसरमा उपप्रधान तथा पराराष्ट्रमन्त्री महराले राष्ट्र संघको सुरक्षा परिषद्ले आयोजना गरेको शान्ति स्थापनार्थ सञ्चालन गरिएका कार्यक्रमको सुधारसम्बन्धी उच्चस्तरीय बहस तथा पानीका लागि दिगो विकासलगायतका उच्चस्तरीय बैठकमा भाग लिनुभएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।
दक्षिणी एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को मन्त्रीस्तरीय बैठकको उहाँले अध्यक्षता गर्नुहुनेछ भने असंलग्न आन्दोलन (जि७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकाशील मुलुकको बैठकमा पनि उहाँले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्यूयोर्क प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री महरा महासभाको विभिन्न बैठकमा भाग लिन दुईदिन अघि नै न्यूयोर्क पुगिसक्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा