
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चाँगुनारायणमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै । कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष सहित २६६ जना एमाले प्रवेश गरेका थिए । तस्वीर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, ३ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु¥याएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
आज चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताउनुभयो । ‘यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?’ ओलीले भन्नुभयो ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी गर्नुभयो ।
चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उहाँले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाउनुभयो । चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उहाँको भनाइ थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा