
राष्ट्रपति विद्यादेवी भण्डारी संविधान दिवस एवम् राष्ट्रिय दिवसको उपलक्ष्यमा राष्ट्रपति कार्यालयमा मंगलबार साँझ आयोजित सांस्कृतिक कार्यक्रम पछि सम्बोधन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडाँै, ३ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै तहको निर्वाचनपश्चात जनआकांक्षा अनुरुप मुलुकको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न सरकार, सबै राजनीतिक दल र आमजनता समक्ष आह्वान गर्नुभएको छ ।
तेस्रो संविधान दिवसका अवसरमा आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सांस्कृतिक कार्यक्रम तथा जलपान समारोहमा उहाँले संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका लागि मार्गचित्रण प्रदान गरेको बताउनुभयो ।
राष्ट्रपति भण्डरीले लोकतन्त्र, वाक स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानवअधिकार र सामाजिक न्यायसहितको दु्रत तथा आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनाताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको उल्लेख गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्था निर्माण गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने संविधानको भावना र मर्म कार्यान्यन गर्न हरेक नेपाली अग्रसर भएको बताउनुभयो ।
कार्यक्रममा उपराष्ट्रपति, कावा प्रधानमन्त्री, कामु प्रधान्यायाधीश, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र उच्च पदस्थ व्यक्तित्वको सहभागिता थियो ।
सो अवसरमा नेपाल सांस्कृतिक संस्थानका कलाकारले विभिन्न जातजातिका नृत्य प्रस्तुत गरेका थिए ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते