
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालगायत काँग्रेसका शीर्ष नेताहरुको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बालुवाटारमा बस्दै । तस्बिरःरोशन सापकोटा, रासस
काठमाडौँ, १ भदौ (रासस) – नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारी र उम्मेदवारको मापदण्डबारे छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उम्मेदवार छनोटको मापदण्डबारे व्यापक छलफल भएपनि सोमबारको बैठकले टुंगो लगाउने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको नाम कसरी टुङ्ग्याउने भन्नेबारे नेताहरुबीच गहन छलफल भएको छ ।
असोज १५ भित्र उम्मेदवारको सूची केन्द्रमा आउने गरी पार्टीको स्थानीय तहबाट उम्मेदवारहरुको सिफारिस माग गर्ने बैठकले निष्कर्ष निकालेको बुझिएको छ । गाउँ, नगर कार्यसमितिको सुझावका आधारमा क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका उम्मेदवारलाई जिल्ला कार्यसमितिले रायसहित केन्द्रमा पठाउने प्रचलन छ ।
निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको सिफारिस गर्ने निकायका सम्बन्धमा भोलि टुंगो लगाइने काँग्रेसले जनाएको छ ।
यसैबीच, काँग्रेसले नेता महेश आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । आजको बैठकले समिति गठनलगायत गरेको निर्णय भोलि सार्वजनिक गरिने मुख्यसचिव पौडेलले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायतको उपस्थिति थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता