
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बालुवाटारमा समसामयिक विषयमा छलफल हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचन तयारीबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सोमबार प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाका बारेमा कुराकानी भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो ।
‘प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभयो’, अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका लागि गर्न लाग्नुभएको संयुक्त राज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
त्यस्तै प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमा समेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको व्यस्तताका कारण सरकार सञ्चालनलगायत विषयमा दुई दलका बीचमा छलफलसमेत हुन नपाएका सन्दर्भमा आज नेपाली काँग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा