
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बालुवाटारमा समसामयिक विषयमा छलफल हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचन तयारीबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सोमबार प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाका बारेमा कुराकानी भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको हो ।
‘प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री दाहालले सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभयो’, अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री देउवाले यही असोज ३ गतेदेखि संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका लागि गर्न लाग्नुभएको संयुक्त राज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
त्यस्तै प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमा समेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको व्यस्तताका कारण सरकार सञ्चालनलगायत विषयमा दुई दलका बीचमा छलफलसमेत हुन नपाएका सन्दर्भमा आज नेपाली काँग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने