
राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका अन्य अतिथिहरु नरदेवी श्वतकाली देवीको १२ वर्षे मेलाको समापनको अवसरमा हनुमानढोका न्यासल चोकमा विभिन्न देवी देवताहरुको नृत्य हेर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यका परापूर्वकालदेखि नै सांस्कृतिक विविधताको अनुपम भण्डारका रुपमा रहेको बताउनुभएको छ ।
नरदेवी श्वेतकाली माईको १२ वर्षे पर्व देवी नाचको आज हनुमानढोका दरबारको नासल चोकमा आयोजित समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो संस्कृति संरक्षणका लागि संघीय र स्थानीय सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
‘नेपाल विविध संस्कृति र भाषाको धनी राष्ट्रका रुपमा विश्वमा परिचित भएकाले यो पहिचान कायम राख्न यस्ता मौलिक संस्कृतिको जगेर्ना गर्न म सरकारलाई आह्वान गर्छु’ – राष्ट्रपति भण्डारीले भन्नुभयो ।
सांसद नवीन्द्रराज जोशीले यो ऐतिहासिक नाच नेपालले विश्वसामु प्रस्तुत गर्नसक्ने गौरवपूर्ण कला भएको बताउनुभयो । ‘यो नाचले जनताका लागि त्याग गर्ने शिक्षा दिएको छ, नाचमा जनताको रक्षाका लागि चण्डेश्वरी देवीले प्रेमको बलिदान गरी प्रेमी चन्द्रासुर दैत्यलाई मारेको देखाइएको छ’– उहाँले भन्नुभयो ।
सातसय वर्षअघि शुरु भएको यो नाच जीवन्त मौलिक सम्पदा भएको सांसद जोशीले बताउनुभयो । नाचघर बनाउन काठमाडौँ महानगरपालिकाले जग्गा उपलब्ध गराए सांसद विकास कोषबाट बनाइदिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाका सबै जात्रा सञ्चालन र भूकम्पले भत्किएका मठ मन्दिरको पुनःनिर्माणमा सहयोग गरिने वाचा गर्नुभयो । नरदेवी श्वेतकाली मन्दिरको पुनःनिर्माणमा महानगरपालिकाले रु ९० लाख छुट्याएको जानकारी पनि उहाँले दिनुभयो ।
श्वेतकाली संरक्षण समितिका अध्यक्ष सत्यनारायण डंगोलले विसं २०६६ देखि शुरु भएको मेला यसपटक आठबर्षमा आजैदेखि समापन हुन लागेको जानकारी गराउनुभयो । यो जात्रा यसअघि विसं २०३७ मा भएको थियो ।
बाह्र वर्षमा नरदेवी, इन्द्रचोक, भक्तपुर, ललितपुर, बनेपा, धुलिखेललगायत १२ स्थानमा लैजानुपर्ने नियम छ । यो मेला विशेष अवसर पारेर शुरु गरिँदै आएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता