लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि भवन भट्टले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा शनिबार एक पत्रकार सम्मेलन गर्दै भट्टले उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए वर्तमान उपाध्यक्ष भट्टले उम्मेदवारी घोषणासंगै विभिन्न प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।
वैदेशिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, स्टार्ट अप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएनए बनाउने, सामाजिक उद्यमशीतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गर्ने जस्ता प्रतिवद्धता उनको छ ।
एनआरएनएले हाल गरिरहेका कार्यक्रमलाई थप निरन्तरता दिने बताउंदै भट्टले संघका गर्न बांकी कामहरु लाप्राक नमुना वस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोष विस्तार आदिलाई पूर्ण रुपमा निरन्तरता दिंदै अघि बढ्ने विश्वास दिलाए ।
आगामी कार्यकाल (२०१७-१९) का लागि विस्तृत एजेन्डाहरु तयार पारेर छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता समेत उनले गरेका छन् ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची