लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि भवन भट्टले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा शनिबार एक पत्रकार सम्मेलन गर्दै भट्टले उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए वर्तमान उपाध्यक्ष भट्टले उम्मेदवारी घोषणासंगै विभिन्न प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।
वैदेशिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, स्टार्ट अप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएनए बनाउने, सामाजिक उद्यमशीतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गर्ने जस्ता प्रतिवद्धता उनको छ ।
एनआरएनएले हाल गरिरहेका कार्यक्रमलाई थप निरन्तरता दिने बताउंदै भट्टले संघका गर्न बांकी कामहरु लाप्राक नमुना वस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोष विस्तार आदिलाई पूर्ण रुपमा निरन्तरता दिंदै अघि बढ्ने विश्वास दिलाए ।
आगामी कार्यकाल (२०१७-१९) का लागि विस्तृत एजेन्डाहरु तयार पारेर छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता समेत उनले गरेका छन् ।
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस