काठमाडौँ, २६ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम स्वीक्रृत गरी सार्वजनिक गरेकोे छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबारका दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय गरेको छ ।
आयोगबाट स्वीकृत कार्यतालिका अनुसार, समानुपातिक निर्वाचन प्रणालीका लागि यही भदौ २४ गतेदेखि र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कात्तिक ५ गतेदेखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले यही भदौ २७ गतेसम्म आयोगमा निवेदन पेश गर्ने, भदौ २८ गते निर्वाचनमा भाग लिन निवेदन पेस गरेका दलको नामावली प्रकाशित गर्ने, भदौ २९ गते प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिने तथा निर्वाचनमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली भदौ ३० गते प्रकाशित गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची असोज २९ गते पेश गर्नुपर्ने गरी आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।
असोज ३० गते उम्मेदवारको बन्दसूची सच्याउन राजनीतिक दललाई सूचित गर्ने, कात्तिक ६ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्ने, कातिक १३ गते उम्मेदवारको बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा फिर्ता निवेदन दिने, कात्तिक १४ गते उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने गरी निर्वाचन आयोगले समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्काे उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली आयोगमा पेश गर्न कात्तिक १४ गतेको समय प्रदान गरिएको छ भने उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने मिति कात्तिक १७ गतेका लागि तोकिएको छ । त्यस्तै, उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने मिति कात्तिक १८ गते रहेको छ ।
उम्मेदवारको बन्द सूचीमा समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णय गर्ने मिति कार्तिक २५ छ भने उम्मेदवारको बन्द सूचीबाट उम्मेदवारको नाम हटेको सूचना मंसिर २ गते प्रकाशित हुनेछ । उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने मिति मंसिर ३ तोकिएको छ ।
प्रत्यक्ष निर्वाचनतर्फ पहिलो चरणको निर्वाचन कार्यक्रम
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता कातिक ५ गतेका लागि तोकिएको भने उम्मेदवारलाई निर्वाचन चिह्न कात्तिक ८ गते प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले आज सार्वजनिक गरेको छ ।
दोस्रो चरणको निर्वाचन कार्यक्रम
यसैगरी, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा कातिक १९ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त