काठमाडौँ, २६ भदौ । सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि असोज ३ गतेसम्म बिदा दिने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि दाताहरुको संयुक्त कोषमार्फत विश्व बैंकले दिने रु एक अर्ब पाँच करोड अनुदान सहयोग स्वीकार गर्ने र राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो ।
विदेशमा रहेका नेपाली नागरिकका नेपाली नागरिकता लिई नसकेका सन्ततिलाई बढीमा चार वर्षका लागि नेपाली राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यसमितिका अध्यक्षमा नरेन्द्रराज बस्नेत र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ ।
बैठकले संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जाने भ्रमण दललाई स्वीकृत गरेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त