काठमाडौँ, २६ भदौ । सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि असोज ३ गतेसम्म बिदा दिने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि दाताहरुको संयुक्त कोषमार्फत विश्व बैंकले दिने रु एक अर्ब पाँच करोड अनुदान सहयोग स्वीकार गर्ने र राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो ।
विदेशमा रहेका नेपाली नागरिकका नेपाली नागरिकता लिई नसकेका सन्ततिलाई बढीमा चार वर्षका लागि नेपाली राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यसमितिका अध्यक्षमा नरेन्द्रराज बस्नेत र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ ।
बैठकले संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जाने भ्रमण दललाई स्वीकृत गरेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा