माओवादी केन्द्र र राजपाले उम्मेदवार टुंगो लगाए

काठमाडौँ, २० भदौ । नेकपा (माओवादी केन्द्र) ले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट केही उम्मेदवारको नाम तय गरेको छ ।

दुई नं प्रदेशको आठ जिल्ला, एक महानगरपालिकासहित १३६ स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणअन्तर्गतको निर्वाचन हुँदैछ ।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि ३१ स्थानका लागि नामहरु तय गरेको छ । कतिपय उम्मेदवार प्रदेशले टुङ्गाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएकाले सो पार्टीले जनाएको छ ।

केन्द्रले अहिलेसम्म टुंग्याइएको उम्मेदवारको नामावली निम्नानुसार रहेको सो पार्टीले जनाएको छ ।

क्र.सं स्थानीय तह उम्मेवारको नाम पद

१. वीरगञ्ज महानगरपालिका रहबर अन्सारी मेयर

२. राजविराज नगरपालिका अनिस अन्सारी मेयर

३. हनुमान नगर नगरपालिका राहुल मण्डल मेयर

हनुमान नगर नगरपालिका चित्रादेवी कामठ उपमेयर

४. कञ्चनपुर नगरपालिका बन्सी चौधरी मेयर

५. सप्तकोशी नगरपालिका ध्रुव कार्की मेयर

६. सम्भूनाथ नगरपालिका दानालाल चौधरी मेयर

७. शम्भूनाथ नगरपालिका सुमिता साह उमपेयर

८. सुरुङ्गा नगरपालिका हरिनारायण चौधरी मेयर

सुरुङ्गा नगरपालिका लक्ष्मी चौधरी उपमेयर

९. खडक नगरपालिका जयप्रकाश चौधरी मेयर

खडक नगरपालिका चन्द्रश्वेरी मण्डल उपमेयर

१०. महादेवा नगरपालिका तारणी तिवारी मेयर

महादेवा गाउँपालिका उर्मिला यादव उपाध्यक्ष

११. तिरहुत गाउँपालिका दिनेश यादव अध्यक्ष

तिरहुत गाउँपालिका लालबोइन सर्दार उपाध्यक्ष

१२. शोवरण गाउँपालिका वचन चौधरी अध्यक्ष

१३. रुपनी गाउँपालिका मुस्तिकन रायन अध्यक्ष

१४. बेलही टटेना गाउँपालिका महमद इब्राहिम मिया अध्यक्ष

१५. तिलाठी कैलाली गाउँपालिका मुन्नेलाल मुखिया अध्यक्ष

१६. छिन्नमस्ता गाउँपालिका जपप्रकाश यादव अध्यक्ष

१७. बङ्गाहा गाउँपालिका छत्रनारायण यादव अध्यक्ष

बङ्गाहा गाउँपालिका चन्डेश्वरी राम उपाध्यक्ष

१८. महादेवा गाउँपालिका (ख) शिवनारायण यादव अध्यक्ष

१९. चन्द्रनिगाहापुर नगरपालिका युवराज भट्टराई मेयर

२०. बिन्द्रावन नगरपालिका रामप्रसाद पटेल मेयर

२१. गजरा नगरपालिका पलट चौधरी मेयर

२२. कठरिया नगरपालिका शियाराम कुसबाहा मेयर

२३. पटुवा विजयपुर नगरपालिका सुरेन्द्र यादव मेयर

२४. मौलापुर नगरपालिका रिनाकुमारी साह मेयर

२५. देवाही गोनाही नगरपालिका प्रेमलाल साह मेयर

२६. माधव नारायण नगरपालिका देवनारायण भगत मेयर

२७. बरुवा नगरपालिका बरुण जैसवाल मेयर

२८. बैदीमाई नगरपालिका त्रिभूवन साह मेयर

२९. रायदेवी नगरपालिका राजेश साह कानु मेयर

३०. दुर्गा भगवती गाउँपालिका शम्भू सिंह अध्यक्ष

३१. यमुना माई गाउँपालिका श्रीप्रसाद मुखिया अध्यक्ष

राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो

काठमाडौँ, २० भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको आज टुंगो लगाएको छ ।

राजपा अध्यक्ष मण्डलको बैठकले प्रदेश नं २ का आठवटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका उम्मेदवार छनोट गरेको हो ।

पार्टीभित्र धेरै क्षमतावान्, सक्षम र योग्य व्यक्ति भए पनि सबैलाई स्थानीय तहको प्रमुख उपप्रमुखमा जिम्मेवारी दिन नसकिएको भन्दै राजपाले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता कार्यकर्तालाई जिम्मेवारी दिने अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै राजपाले निर्वाचनमा पार्टीलाई अब्बल बनाउन प्रतिबद्धताका साथ खटिन नेता कार्यकर्तालाई आग्रहसमेत गरेको छ । राजपाले छनोट गरेका महानगरपालिका, उपमहानगरपालिका र मुख्य नगरपालिकाको उम्मेदवारमा क्रमशः पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुखमा राजेशमान सिंहलाई उठाएको छ भने उपप्रमुखमा उम्मेदवार छैन ।

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा लालकिशोर साह र उपप्रमुखमा रिता झा र बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा जयप्रकाशप्रसाद शाह र उपप्रमुखमा पिंकी यादव उम्मेद्वार हुनुहुन्छ ।

त्यसैगरी सप्तरीको राजविराज नगरपालिका प्रमुखमा शम्भु यादव र उपप्रमुखमा साधना झा, सिरहाको लाहान नगरपालिका प्रमुखमा डा महादेव साह र उपप्रमुखमा भारतीय गुप्ता रहनुभएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुखमा रामशेखर मिश्र, उपप्रमुखमा मुन्चुनदेवी महतो, सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुखमा नागेश्वर राय र उपप्रमुखमा शमा आरा र रौतहटको गौर नगरपालिका प्रमुखमा जयकुमार गुप्ता, उपप्रमुखमा किरण ठाकुरलाई उम्मेदवार बनाइएको राजपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री