
इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्न वसन्तपुर पुग्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्रस्थित ‘जीवित देवी’कुमारीको दर्शन गर्नुभएको छ ।
उहाँले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनुका साथै मुख्य पुजारीबाट प्रसाद पनि ग्रहण गर्नुभयो ।
वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन गर्नुभयो । सो अवसरमा स्थानीय नेवारी समुदायले प्रस्तुत गरेको झाँकी, पहिरन र नृत्यसमेत उहाँले अवलोकन गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ ।
यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता