
निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव प्रदेशनं. २ को निर्वाचन सम्बन्धमा जानकारी दिंदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २० भदौ । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लाका १३६ वटै स्थानीय तहमा बुधबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक, उम्मेदवार र आम जनसमुदायलाई अपिल गरेको छ ।
तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीका विषयमा जानकारी दिन निर्वाचन आयोगमा आज आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो, ‘असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको समस्त मतदाता, आमजनता, राजनीतिक दल र सरोकारवालालाई अवगत गराउन चाहन्छु ।’
तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन सबै मतदातासँग आग्रह गर्दै उहाँले अघिल्ला दुईवटा निर्वाचन जस्तै शान्ति र सौहाद्र्रपूर्ण वातावरणमा व्यापक सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, ‘सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुने अठोट व्यक्त गर्नुभएको छ, यो आयोगका लागि अत्यन्तै हर्षको विषय भएको छ । सहज राजनीतिक वातावरण सिर्जना भएबाट वैशाख ३१ मा एकै चरणमा गर्ने भनिएको निर्वाचन चरणबद्धरुपमा गर्नुको उद्देश्यसेमत पूरा भएको छ ।’
संविधानसभाबाट बनेको नेपालको संविधानलाई कार्यान्वयनका क्रममा हुन लागेको ऐतिहासिक निर्वाचन सम्पूर्ण राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई उत्साहपूर्वक विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न पनि सो अवसरमा उहाँले आह्वान गर्नुभयो ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका २६ लाख ६४ हजार ७९२ मतदातालाई उक्त मतदानको अधिकार छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता