काठमाडौँ, २० भदौ । नेकपा (एमाले) ले आगामी असोज २ हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण र भयरहीत ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न र आचारसंहिताको कडाइका साथ पालना गराउन निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा लोकतन्त्रमा सबै राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो विचार र आस्थाको आधारमा चुनावी अभियान सञ्चालन गर्न पाउनु अत्यन्तै न्यूनतम कुरा भएको उल्लेख गर्दै पार्टीका कार्यक्रम बिथोल्न खोज्ने, उम्मेदवारलाई मतदाताबीच पुग्न अवरोध सिर्जना गर्ने, एमालेविरुद्ध कुप्रचार गर्नेजस्ता निन्दनीय क्रियाकलाप बढेकोप्रति पार्टीको ध्यानार्कण भएको उल्लेख छ ।
तराई-मधेसमा सामन्ती व्यवस्था, जातीय विभेद र लैंगिक विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै सामाजिक न्याय र समानता स्थापित गर्न अनवरत रुपमा जनताको अगुवाइ गर्दै आएको पार्टी एमाले नै भएको र पछिल्लो समयमा पार्टीका विरुद्ध फैलाइएका सबैखाले भ्रम तथा षड्यन्त्रलाई चिर्दै लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न तराई-मधेसका जनताहरु उत्साहका साथ चुनावी प्रचार अभियानमा जुटिरहेका विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लामा रहेका एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका, ५९ गाउँपालिका र एक हजार २७१ वडामा जनप्रतिनिधि छान्नका लागि हुने निर्वाचनमा उत्साहका साथ मतदानमा सहभागी हुन सम्पूर्ण मतदातामा पार्टीले आह्वान गरेको छ ।
एमाले मधेशमै हुर्किएको पार्टी होः महासचिव पोखरेल
नेकपा (एमाले) ले आगामी असोज २ गते प्रदेश नं २ हुने स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो हुने दाबी गरेको छ ।
२ नं प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज आयोजित पत्रकारसम्मेलनमा एमालेका महासचिव ईश्वर पोखरेलले संगठित रुपमा बलियो र जनताको विश्वासका कारण एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
महासचिव पोखरेलले एमाललेलाई मधेश विरोधी भनेर दुश्प्रचार गरिए पनि तराई–मधेशको समग्र विकासमा पार्टीको योगदान रहेको उल्लेख गर्दै एमालेविरुद्ध नेपाली काँगेस र नेकपा (माओवादी केन्द्र) बीच महागठबन्धन भए पनि एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।
सो अवसरमा एमाले सचिव तथा प्रचार विभाग प्रुुमुख योगेश भट्टराईले निर्वाचनका समयमा एमालेको उम्मेदवारलाई घेराबन्दीमा पार्ने प्रयास गरिएको र एमाले विरोधी प्रचार गरिएपनि एमाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर पहिलो पार्टी हुने सुनिश्चित भएको बताउनुभयो ।
सो पार्टीका प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलले तराई–मधेशमा एमालेलाई हराउनका लागि अनेक षडयन्त्र शुरु भएको भए पनि एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’