काठमाडौँ, २० भदौ । नेकपा (एमाले) ले आगामी असोज २ हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण र भयरहीत ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न र आचारसंहिताको कडाइका साथ पालना गराउन निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा लोकतन्त्रमा सबै राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो विचार र आस्थाको आधारमा चुनावी अभियान सञ्चालन गर्न पाउनु अत्यन्तै न्यूनतम कुरा भएको उल्लेख गर्दै पार्टीका कार्यक्रम बिथोल्न खोज्ने, उम्मेदवारलाई मतदाताबीच पुग्न अवरोध सिर्जना गर्ने, एमालेविरुद्ध कुप्रचार गर्नेजस्ता निन्दनीय क्रियाकलाप बढेकोप्रति पार्टीको ध्यानार्कण भएको उल्लेख छ ।
तराई-मधेसमा सामन्ती व्यवस्था, जातीय विभेद र लैंगिक विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै सामाजिक न्याय र समानता स्थापित गर्न अनवरत रुपमा जनताको अगुवाइ गर्दै आएको पार्टी एमाले नै भएको र पछिल्लो समयमा पार्टीका विरुद्ध फैलाइएका सबैखाले भ्रम तथा षड्यन्त्रलाई चिर्दै लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न तराई-मधेसका जनताहरु उत्साहका साथ चुनावी प्रचार अभियानमा जुटिरहेका विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लामा रहेका एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका, ५९ गाउँपालिका र एक हजार २७१ वडामा जनप्रतिनिधि छान्नका लागि हुने निर्वाचनमा उत्साहका साथ मतदानमा सहभागी हुन सम्पूर्ण मतदातामा पार्टीले आह्वान गरेको छ ।
एमाले मधेशमै हुर्किएको पार्टी होः महासचिव पोखरेल
नेकपा (एमाले) ले आगामी असोज २ गते प्रदेश नं २ हुने स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो हुने दाबी गरेको छ ।
२ नं प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज आयोजित पत्रकारसम्मेलनमा एमालेका महासचिव ईश्वर पोखरेलले संगठित रुपमा बलियो र जनताको विश्वासका कारण एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
महासचिव पोखरेलले एमाललेलाई मधेश विरोधी भनेर दुश्प्रचार गरिए पनि तराई–मधेशको समग्र विकासमा पार्टीको योगदान रहेको उल्लेख गर्दै एमालेविरुद्ध नेपाली काँगेस र नेकपा (माओवादी केन्द्र) बीच महागठबन्धन भए पनि एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।
सो अवसरमा एमाले सचिव तथा प्रचार विभाग प्रुुमुख योगेश भट्टराईले निर्वाचनका समयमा एमालेको उम्मेदवारलाई घेराबन्दीमा पार्ने प्रयास गरिएको र एमाले विरोधी प्रचार गरिएपनि एमाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर पहिलो पार्टी हुने सुनिश्चित भएको बताउनुभयो ।
सो पार्टीका प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलले तराई–मधेशमा एमालेलाई हराउनका लागि अनेक षडयन्त्र शुरु भएको भए पनि एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायतवासी कवि दाहालको नयाँ कृति ‘एक अस्तित्व आलाप’ सार्वजनिक
तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी
हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइयो
नेपाली साहित्य विकास परिषद् यूकेले विभिन्न कार्यक्रमसहित मनायो ११६औं लक्ष्मीप्रसाद देवकोटा जयन्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन