
मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा मदनकृष्ण श्रेष्ठको आत्मकथा ’महको म’ विमोचन गर्दै हरिवंश आचार्य । तस्वीर ःनवीन पौडेल, रासस
काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गर्नुभयो ।
‘मेरो गुण मात्र होइन दुर्गुण पनि स्वीकारेर मलाई नजिक राख्नुभयो, मैले नजानेरै कहिले मन दुखाएको छु भने माफी चाहन्छु’– ३७ वर्ष लामो सहयात्राका लागि मदनकृष्ण श्रेष्ठलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो ।
लेखक श्रेष्ठले पुस्तकमा आफुले भोगेका आरोहअवरोह, अभिनय, नेपाल भाषा र सङ्गीतमा गरेको काम, हरिवंश आचार्यसँगको सम्बन्ध, श्रीमती र शारीरिक समस्याको साथै रमाइला सम्झनाको संग्रह रहेको बताउनुभयो । आत्मकथा लेखनमा प्रेरित र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, ‘जिन्दगीमा के के गरियो तर प्रायः राम्रो मान्छेहरुसँग मात्र भेट भयो, त्यसैले राम्रो गर्न र बोल्न पाएँ, सबैले आत्मीय ठाने । यो ऋण कसरी तिर्ने थाहा छैन ।’
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, उनका छोरा संगीतकार यमन र छोरी सरानाले सांगीतिक प्रस्तुतिसमेत दिनुभएको थियो ।
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा रवीन्द्र समीरले आत्मप्रशंसाबाट टाढा रहेर लेखिएको यस पुस्तकले हसाउँछ पनि र रुवाउँछ पनि भन्नुभयो । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

मदनकृष्ण श्रेष्ठको आत्मकथा ’महको म’ विमोचन कार्यक्रममा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ । तस्वीर ःनवीन पौडेल, रासस
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?