गौशाला, २० भदौ । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् ।
जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् ।
त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका केवल २६ वटा मतदानस्थल सामान्य रहेका छन् ।
जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणमा भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदानस्थल सोही सीमानाकासँग जोडिएको हुनाले २३२ वटा मतदानस्थल संवेदनशील रहेका छन् ।
भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ वटा स्थानबाट नेपाल–भारत आउजाउ हुने गरेको छ भने बनको बाटो करिब ४० किमीसम्म खुल्ला नै रहेकाले यस जिल्लाका अधिकांश मतदानस्थल संवेदनशील रहेका छन् ।
सुरक्षा व्यवस्था कडा बनाइयो
यसैबीच, आगामी असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणका लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रहरी उपरीक्षक कुबेर कडायतले पत्रकारसँग कुराकानी गर्दै जिल्लाका हरेक मतदानस्थलमा सुरक्षाको भरपुर व्यवस्था गरेको बताउनुभयो ।
यसअघिका मतदानमा म्यादी प्रहरीलाई खटाइए तापनि यसपटकको निर्वाचनमा नेपाल प्रहरीका दुई हजार ६०० प्रहरी जिल्लाभरिमा थप गरिएको कडायतले जानकारी दिनुभयो ।
भारतीय सीमासँग जोडिएका ठाउँमा रहेका मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधि र उच्छृङ्खल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको हो ।
स्थानीय तहका २५८ मतदानस्थलमध्ये १३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील रहेकाले सो क्षेत्रमा सामान्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने चुनावअगावै मोबाइल टोली परिचालन गर्नाका साथै रात्रि गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?