
लन्डन । चलचित्र ‘कमलेको बिहे’ को रेड कार्पेट प्रिमियर शो गरिएको छ । गत आइतबार प्रिन्सेस हल अल्डरसटमा फिल्मको रेड कार्पेट प्रिमियर शो भएको हो । नेपलिज इन्टरटेन्मेन्ट र हेम गुरुङको आयोजना एवं शशी गुरुङको सहयोगमा प्रिमियर शो गरिएको आयोजकले जनाएका छन् ।
उक्त कार्यक्रममा नेपालबाट आएका नायक अनुपविक्रम शाहीको विशेष उपस्थिति थियो भने राजदूत डा. दुर्गाबहादुर सुवेदी, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, निर्देशक मिलन चाम्स, कोरियोग्राफर एवं निर्मात्री रिनासा बान्तवा राई, नव नायक धिरज राई, दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे लगायत थिए । पुरै फिल्म हेरेपछि राजदूत सुवेदीले प्रसन्नता व्यक्त गर्दै नेपाली फिल्मको गुणस्तर बढिरहनु सुःखद भएको प्रतिक्रिया दिए ।
उक्त फिल्मको अर्को रेड कार्पेट प्रिमियर शो आगामी ८ सेप्टेम्बरका दिन हयारो बरो फुटबल क्लवमा हुने भएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता