
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
भीमदत्तनगर, १६ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ ।
आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताउनुभयो ।
‘सबै पार्टीहरुसित सल्लाह भएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।’ निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उहाँको भनाइ थियो ।
आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उहाँले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताउनुभयो ।
‘भारत भ्रमण सफल रह्यो’, देउवाले भन्नुभयो, ‘सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसित सहमति भएका छन् ।’
बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आईपुग्नुभएका प्रधानमन्त्री देउवा आजै राजधानी फर्कने कार्यक्रम छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?