
काठमाडौँ, १४ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) शुरु गरेको छ ।
प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो । सिंहदरबारलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रवलीकरण गर्ने कामदार भित्र छिर्न सकियोस् भनी टेको लगाउन थालिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।
भूकम्पपछि लामो समय सिंहदरबारलाई पुनःनिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्ने विवाद चलेको थियो । प्राधिकरण कार्यकारी समिति बैठकले अवलोकन गर्न सकिने तर कार्यालयका रुपमा प्रयोग नगर्ने गरी ऐतिहासिक भवनलाई सुरक्षित राख्न प्रवलीकरण गर्ने निर्णय गरेको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६० मा निर्माण गरेको सिंहदरबार पछि सरकारले किनेको थियो । राणाकालमा ‘घरकाज अड्डा’ नामक संस्थाले यो दरबार बनाएको हो । विसं २०३० मा आगलागी भएपछि सिंहदरबारको पश्चिमी भागबाहेक अरु सबै भाग पुनःनिर्माण गरिएको हो । प्रवलीकरण सकेपछि सिंहदरबारलाई अवलोकनका लागि खुला गरिनेछ ।
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?