काठमाडौँ, ११ भदौ । मदन पुरस्कार गुठीले विसं २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ ।
गुठीको आज बसेको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले राससलाई जानकारी दिनुभयो ।
यसैगरी, बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत दुर्गा बराल (वात्स्यायन) लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।
“विसं २०७३ मा प्रकाशित भई गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा’, ‘छाउघर’, ‘तपन’, ‘दोहाको सीधा उडान’, ‘धृतराष्ट्र’, ‘प्रतिनायक’, ‘म स्त्री अर्थात् आइमाई’, ‘शुक्रराज शास्त्रीको चस्मा’ र ‘सगरमाथाको गहिराइ’लाई उत्कृष्ट नौ पुस्तकका रुपमा छनौट गरिएको थियो”, अर्यालले भन्नुभयो ।
पुरस्कार आश्विन शुक्ल द्वितीया अर्थात् घटस्थापनाको भोलिपल्ट प्रदान गरिनेछ । विसं २०१२ मा जगदम्बा राणाले मदन पुरस्कारको स्थापना गर्नुभएको थियो । विसं २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र विज्ञान विधामा डा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो ।
विसं २०४५ मा जगदम्बाको निधन भएपछि उहाँको सम्झनामा पनि जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो । दुवै पुरस्कारको राशि रु दुई-दुई लाख छ ।
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता