लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया जारी छ । निर्वाचन समितिका अनुसार शनिबार बिहान दश देखि जारी मनोनयन प्रक्रिया दिउसो तीनबजेसम्म रहने छ ।
हालसम्म अध्यक्षमा कृष्ण तिमिल्सिना एकजनाको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्षमा दीपक श्रेष्ठ, सुशिला राई, दयानिधि सापकोटा, शेर सुनार, ललित न्यौपाने र पुनम गुरुङको उम्मेदवारी परेको छ ।
महासचिवमा फडिन्द्र भट्टराई, सचिवमा तारानाथ भण्डारी, युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ र राजन खकुरेल, कोषाध्यक्षमा सालिक सापकोटा तथा आइसीसी सदस्यहरुमा चिरन शर्मा र शान्ति थापा कुंवरले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले गोपनियता दर्शाउंदै हालसम्म विस्तृत विवरण दिएको छैन् तर हालसम्म २१ जनाले दर्ता गराएको जनाएको छ । तीनबजेपछि विस्तृत सार्वजनिक गरिने छ । एम्पायर हल बाहिर कोठे बैठक जारी छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा