एनआरएनए यूकेमा मनोनयन दर्ता जारी (पछिल्लो अपडेट)

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया जारी छ । निर्वाचन समितिका अनुसार शनिबार बिहान दश देखि जारी मनोनयन प्रक्रिया दिउसो तीनबजेसम्म रहने छ ।

हालसम्म अध्यक्षमा कृष्ण तिमिल्सिना एकजनाको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्षमा दीपक श्रेष्ठ, सुशिला राई, दयानिधि सापकोटा, शेर सुनार, ललित न्यौपाने र पुनम गुरुङको उम्मेदवारी परेको छ ।

महासचिवमा फडिन्द्र भट्टराई, सचिवमा तारानाथ भण्डारी, युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ र राजन खकुरेल, कोषाध्यक्षमा सालिक सापकोटा तथा आइसीसी सदस्यहरुमा चिरन शर्मा र शान्ति थापा कुंवरले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले गोपनियता दर्शाउंदै हालसम्म विस्तृत विवरण दिएको छैन् तर हालसम्म २१ जनाले दर्ता गराएको जनाएको छ । तीनबजेपछि विस्तृत सार्वजनिक गरिने छ । एम्पायर हल बाहिर कोठे बैठक जारी छन् ।

कार्यक्रममा सञ्चारकर्मीहरु

प्रतिक्रिया

सम्बन्धित सामाग्री