राजविराज, ९ भदौ । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सुन्तली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको राहत वितरण कार्यक्रममा जिल्लाभरि बाढीबाट प्रभावित भएका ६० जना अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको सङ्घका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिनुभयो ।
सो संस्थाले उपलब्ध गराएको डस्ना, तन्ना, ब्ल्याङ्केट र ३० केजीका दरले चामल, दुई केजी दाल, दुई केजी खानेतेल, एक कार्टुन चाउचाउ, दाँत माझ्ने मञ्जन तथा पेस्ट लगायतका सामग्री उनीहरुलाई वितरण गरिएको बताइएको छ । खाँडो नदीसहित विभिन्न खोलाको बाढीबाट जिल्लाको अतिप्रभावित रम्पुरामल्हनिया, कोइलाडी बर्साइन, मलेठ, कनकटा, मानराजा, बनरझुला लगायतका ठाउँमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सो राहत वितरण गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल तराई–मधेशका विभिन्न जिल्लामा बाढीपीडितलाई राहत बाँड्दै बिहीबार सप्तरी आइपुग्नुभएको हो । जिल्लामा रहेका छजना दृष्टिविहीन, ६ बहिरा, आठ बौद्धिक अपाङ्ग र सुस्तः मनस्थिति भएका व्यक्ति र शारीरिक अपाङ्गता भएका ४० जनालाई राहत वितरण गरिएको समावेशी अपाङ्ग सङ्घ, सप्तरीले जनाएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक