
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार नव नियुक्त १५ राज्यमन्त्री आफ्नो पद तथा गोपनियताको शपथग्रहणपछि प्रधानमन्त्री देउवासँग सामूहिक तस्बिर खिचाउँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो ।
नवनियुक्त राज्यमन्त्रीहरुमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्य, अब्दुल रज्जाकदी खानेपानी तथा सरसफाइ, तप्तबहादुर विष्ट सूचना तथा सञ्चार, अमरसिंह पुन सिँचाइ, दिलमान पाख्रिन कानून, न्याय तथा संसदीय मामिला, उदयशम्शेर राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार, तेजुलाल चौधरी युवा तथा खेलकुद, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण, जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, यशोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था हुनुहुन्छ ।
नवनियुक्त राज्यमन्त्रीहरुलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई सहयोग गर्न र सबै मिलेर काम गर्ने वातावरणमा लाग्न निर्देशन दिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा