
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार नव नियुक्त १५ राज्यमन्त्री आफ्नो पद तथा गोपनियताको शपथग्रहणपछि प्रधानमन्त्री देउवासँग सामूहिक तस्बिर खिचाउँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो ।
नवनियुक्त राज्यमन्त्रीहरुमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्य, अब्दुल रज्जाकदी खानेपानी तथा सरसफाइ, तप्तबहादुर विष्ट सूचना तथा सञ्चार, अमरसिंह पुन सिँचाइ, दिलमान पाख्रिन कानून, न्याय तथा संसदीय मामिला, उदयशम्शेर राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार, तेजुलाल चौधरी युवा तथा खेलकुद, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण, जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, यशोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था हुनुहुन्छ ।
नवनियुक्त राज्यमन्त्रीहरुलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई सहयोग गर्न र सबै मिलेर काम गर्ने वातावरणमा लाग्न निर्देशन दिनुभयो ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण