
वर्षाका कारण डुवानमा परेको नवलपरासीको सरावल गाउंपालिका बडा न. ४ वडहरादुवैलिया गाउं । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी रासस
लन्डन । महाभूकम्पमा पीडितलाई उल्लेख्य सहयोग गरेका बेलायतवासी नेपाली यतिखेर बाढी पीडितको सहयोगार्थ जुटेका छन् । बेलायतका प्रमुख संघसंस्थाले पीडितका लागि चन्दा संकलन तीव्र पारेका छन् ।
नेपालमा गत साता अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिले विक्षिप्त बेलायतका नेपालीले भाइबर ग्रुप र सामाजिक सञ्जाललाई चन्दा संकलनको आधार बनाएका हुन् ।
बाढी पहिरोले खासगरि झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बांके, दाङलगायत तराई– मधेशका जिल्लामा सयौंको ज्यान लिएको छ । हजारौं विस्थापित छन् । पीडितहरुलाई अझै बस्न, खान व्यवस्था र सरसफाइ सामाग्री अभाव भएको खबर आइरहेका छन् ।
नेप्लिज डक्टर्स एसोसिएसन यूकेले चन्दा संकलन अभियान शुरु गरि बाढी तथा पहिरोबाट पीडित जनताहरुसम्म राहत पुराउन सहयोगका लागि अपिल गरेको छ ।
हेल्प नेपाल नेटवर्क यूके, एनआरएनए यूके, नेपाली जनसम्पर्क समिति बेलायत, प्रवासी नेपाली मञ्च यूके, चितवन एड ट्रष्ट, तमुधिं यूके लगायत संघसंस्थाले पनि चन्दा संकलन अभियान थालेका छन् । तमुधिं यूकेले अध्यक्ष ज्ञाम गुरुङको संयोजकत्वमा सहयोग समिति गठन गरि चन्दा संकलन अभियान शुरु गरेको हो । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सयजनाबाट चन्दा संकलन गर्ने लक्ष्य रहेकोमा त्यो पुगिसकेको जनाउंदै संकलित रकम छिट्टै सम्वन्धित ठाउंमा पठाइने जानकारी दिए ।
माओवादी निकट नेपाली जनप्रगतिशिल मञ्च, बेलायतले पनि चन्दा अभियान थालेको छ । मञ्चको नेतृत्व सुरेश गौतमले गरेका छन् ।
पीडितको सहयोगार्थ समुदायको उत्साहजनक सहभागिता पाइएको छ ।
तर, बाढी पीडितका नाममा कतिपय व्यक्तिले आफ्नै खातामा रकम हाल्न आग्रह गरेको समेत पाइएकाले संकलित रकम सदुपयोग नहुने हो कि भन्ने खतरा समेत बढेको छ ।
पीडितसम्म सहयोग पुरयाउन आधिकारिक र विश्वसनीय संघसंस्था एवं व्यक्तिलाई मात्र रकम दिन अगुवाहरुले आग्रह गरेका छन् ।
सहयोग गर्न इच्छुकका लागिः
Chitwan Aid Trust UK (CAT-UK) Ltd
तमुधिं यूके बैंक खाता
Account Name – Tamudhee UK
Ac Number – 58001875
SC – 60-08-13
Natwest Bank
Note: Please put your name or member number for Reference.
हेल्पनेपाल नेटवर्क युकेले यो लिङ्कमा गएर सक्दो सहयोग प्रदान गर्न अनुरोध गरेको छ । https://www.justgiving.com/fundraising/nepal-flood-relief-2017
प्रवासी नेपाली मञ्चको अभियानका लागिः
Please donate into- NDF account
S.C. 40-23-13
ACC. NO -01824333
BANK- HSBC
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया