
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपाल भ्रमणमा रहनुभएका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक सहयोग विस्तारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो ।
नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा व्यापार, पर्यटन, भौतिक पूर्वाधार निर्माण, सीमापार सम्पर्क विस्तार तथा दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउनेबारेमा चिनियाँ उपप्रधामन्त्रीसँग छलफल भएको उहाँले बताउनुभयो ।
“चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको ‘एक क्षेत्र, एक मार्ग’ (ओबिओआर)मा सहभागी हुने सम्बन्धी समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको वर्तमान सन्दर्भमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा उहाँहरुबीच कुराकानी भयो”– सल्लाहकार भट्टराईले भन्नुभयो ।
उहाँका अनुसार पर्यटन प्रवद्र्धन तथा सहयोग विस्तारका साथै परम्परागत जडीबुटीजन्य औषधि उत्पादन तथा विकासबारे पनि छलफल भएको थियो ।
नेपाल र चीनबीच उपप्रधामन्त्रीस्तरीय वार्तापछि हिजो भएका तीन वटा सम्झौताले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत मिलेको बताउँदै दुवै नेताले सन्तुष्टि व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
सौहार्दपूर्ण वातावरणमा भएको उक्त भेटमा प्रधानमन्त्री देउवालाई उपप्रधानमन्त्री वाङले चीन भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको र प्रधानमन्त्री देउवाले राष्ट्रपति सी जिनपिङ्गलाई नेपाल भ्रमणका लागि पुनः अनुरोध गर्नुभएको सल्लाहकार भट्टराईले बताउनुभयो ।
“चीनका राष्ट्रपति नेपालको भ्रमण गर्न इच्छुक हुनुहुन्छ, उहाँले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिनुभएको छ, अनुकूल समयमा राष्ट्रपति सीले नेपालको भ्रमण गर्नुहुनेछ”– उपप्रधानमन्त्री वाङको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।
भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङसहित आठ उच्च चिनियाँ अधिकारी उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा