
काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मासहितको टोलीले आज भेट गरी हालैको बाढी पहिरोमा परी निधन भएका प्रतिपरिवारलाई रु पाँच लाख दिन माग गरेको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति सरकार गम्भीर हुनुपर्ने र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुनुपर्ने भन्दै एमालेले सरकारलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको हो ।
एमालेका अध्यक्ष ओलीले दक्षिणी छिमेकी भारतको सीमास्थित कोशी बाँधका ढोकाहरु समयमै नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गरी बाँधका ढोकाहरु खोल्नुपर्ने दायित्वप्रति सरकारले समयोचित कदम चाल्न पनि आग्रह गर्नुभयो । राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनः व्यवस्थापनमा लगाउन एमालेले सरकारसमक्ष माग गरेको छ । एमालेले यस कार्यमा आफ्नो पार्टीले सहयोग गर्ने पनि जनाएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले सरकारले आफ्नो स्रोत साधन परिचालन गरी उद्धार, राहत र पुनःस्थापनामा प्राथमिकता दिएको बताउँदै यस कार्यमा सबैको सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता