
काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मासहितको टोलीले आज भेट गरी हालैको बाढी पहिरोमा परी निधन भएका प्रतिपरिवारलाई रु पाँच लाख दिन माग गरेको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति सरकार गम्भीर हुनुपर्ने र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुनुपर्ने भन्दै एमालेले सरकारलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको हो ।
एमालेका अध्यक्ष ओलीले दक्षिणी छिमेकी भारतको सीमास्थित कोशी बाँधका ढोकाहरु समयमै नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गरी बाँधका ढोकाहरु खोल्नुपर्ने दायित्वप्रति सरकारले समयोचित कदम चाल्न पनि आग्रह गर्नुभयो । राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनः व्यवस्थापनमा लगाउन एमालेले सरकारसमक्ष माग गरेको छ । एमालेले यस कार्यमा आफ्नो पार्टीले सहयोग गर्ने पनि जनाएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले सरकारले आफ्नो स्रोत साधन परिचालन गरी उद्धार, राहत र पुनःस्थापनामा प्राथमिकता दिएको बताउँदै यस कार्यमा सबैको सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते